3-Party-meeting-with-Speakerकाठमाडौँ/व्यवस्थापिका संसद्मा जारी अवरोध खोल्ने प्रयासस्वरुप सभामुख ओनसरी घर्तीले बोलाएको सात पार्टीको सर्वदलीय बैठक विनानिष्कर्ष टुङ्गिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको बैठकमा शीर्ष नेताहरुबीच सहमतिको प्रयास सफल हुन सकेन ।प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकबाट गरिएको समस्या समाधानको प्रयास असफल भएपछि सभामुख घर्तीले सदनमा १० सिटभन्दा बढी सांसद् भएका दलहरूको बैठक डाकेकी हुन् । सदनको गतिरोध अन्त्यका लागि दलहरूलाई जिम्मेवार बनाउन सर्वदलीय बैठक डाकिएको उनले बताइन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत काङ्ग्रेस सभापित शेरबहादुर देउवा, एमालेबाट सुवास नेम्बाङ र भीम रावल, माओवादी केन्द्रबाट पम्फा भुषाल उपस्थित थिए । यस्तै राप्रपा अध्यक्ष कमल थापा, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्री विमलेन्द्र निधीको पनि सहभागिता रहेको थियो ।बैठकपछि पत्रकारहरुसँग बोल्दै माओवादी प्रवक्ता भुषालले नेताहरुबीच दुईपक्षीय र बहुपक्षीय वार्ताको माध्यमबाट सहमति खोज्ने सहमति भएको जानकारी दिइन् ।

दलहरुबीच बढेको दुरी कम गरी सहमति गराउने प्रयासस्वरुप सभामुख घर्तीले छलफलका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रमुख सात दलका शीर्ष नेताहरुलाई बैठकमा डाकेकी हुन् ।सभामुख घर्तीले काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरुलाई बैठकमा बोलाएकी हुन् ।