nepal-electricity-authority1उर्लाबारी/नेपाल विद्युत् प्राधिकरणको उर्लाबारी केन्द्रले देशलाई लोडसेडिङ मुक्त गर्ने कार्यमा सहयोग गर्न सेवाग्राहीमा अनुरोध गरेको छ ।प्राधिकरणको यहाँस्थित कार्यालयमा सोमबार आयोजित अन्तत्र्रिmयाका प्रमुख अतिथि प्राधिकरणका क्षेत्रीय प्रमुख ओमप्रकाश राठीले विद्युत्लाई दुरुपयोग नगरी सहयोग गर्न सेवाग्राहीमा आग्रह गरेका थिए ।

उर्लाबारी वितरण केन्द्रका प्रमुख दिगम्बर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेका नगर अध्यक्ष मनोरथ भण्डारी, माओवादी केन्द्रका नगर उपाध्यक्ष भोगेन्द्र डाँगी, नया“ शक्ति नेपालका क्षेत्रीय संयोजक मनोहरि दाहाल, राप्रपा नेपालका नगर अध्यक्ष देवीप्रसाद दाहाललगायतका वक्ताले प्राधिकरणले आप्mना कमीकमजोरीलाई सुधार गरेर ग्राहकप्रति राम्रो व्यवहार गर्न सुझाव दिँदै मुलुकलाई लोडसेडिङ मुक्त पार्ने अभियानमा साथ दिने बताएका थिए ।

सोही कार्यक्रममा उर्लाबारी केन्द्रले पूर्वोत्तर मोरङका २८ हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको जानकारीका साथ विद्युत् बचत गर्न आह्वान गर्दै अपीलसमेत वितरण गरेको थियो ।