‘ओरालो जमिनमा फलामे मञ्चको उचित व्यवस्थापन गर्न नसक्दा पुरै मन्च ढल्न पुगेकाे थियाे । मञ्चमा कास्की, चितवन, सिन्धुली जिल्लाका पार्टी सभापतीहरु, नेपाली कांग्रेस केन्द्रिय सदस्य सरीता प्रसाई, लगायत जिल्ला स्तरिय ४८ जना नेता कार्यकर्ताहरुले अतिथी आशन गरिसकेका थिए भने उदघोषले थप अरु मञ्चमै बोलाउदैं गर्दा मञ्च भत्किएको थियो । मञ्च ढलेपछि पाहुनाहरुलाई माला लगाएर स्वागत गर्दै गरेकी नेपाल महिला संघकी नेतृ भगवती पौडेलको खुट्टा भाँच्चिएको छ ।