आजदेखि सातौ“ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुँदैछ । लामो समयदेखि घोषणा हुँदै सर्दै बल्ल पुस ८–१५ को मिति तय भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरको शहीद रङ्गशालामा शुक्रबार औपचारिक रुपमा प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ । पूर्वका विभिन्न जिल्लामा ‘पूर्वाञ्चलमा खेलकुद सातौँ, विविधतामा रमाएर बाँचौँ’ भन्ने मुख्य नाराका साथ हुन लागेको यो प्रतियोगिता राष्ट्रिय गौरवको प्रतियोगिता हो । राष्ट्रिय ढिकुटीबाट २८ करोड रकम पूर्वमा खर्च हुनु र अफिसियलसहित ६ हजारभन्दा बढी खेलाडीहरुको जमघटले पूर्वलाई उत्साहित बनाएको छ ।सातौँ खेलकुद प्रतियोगिता खेलसँग मात्र जोडिएको छैन ।

यससँग पूर्वको पर्यटन प्रवद्र्धन पनि जोडिएको छ । देशभरका खेलाडीहरुले पूर्वको अध्ययन अवलोकन गर्ने अवसर पनि पाउने छन् । आयोजकले उनीहरुलाई पूर्वका महत्वपूर्ण पर्यटकीय स्थलहरुमा घुमाउने व्यवस्थासमेत गर्ने हो भने खेलाडीहरुले पूर्वलाई अझ राम्ररी बुभ्mन पाउने छन् । पूर्वाञ्चलवासीले पनि यो अवसरलाई सदुपयोग गर्न जान्नुपर्छ । प्रत्येक ५ वर्षमा हुने प्रतियोगिता सातौँ संस्करणसम्म आइपुग्दा पूर्वले सम्पन्न गर्ने अवसर पाएको यो पहिलोपटक हो ।

अवसरका हिसाबले पनि राष्ट्रिय गौरवको प्रतियोगिता पूर्वमा हुनु गौरवको कुरा हो । यो गौरवलाई सानदार बनाउन प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नु पूर्वाञ्चलवासीको दायित्व हो । विगतका प्रतियोगिताहरुमा भएका कमीकमजोरीलाई पाठका रुपमा लिएर आयोजकले प्रतियोगितालाई भव्य र सभ्य बनाउनु अपेक्षित छ । पूर्वाञ्चलवासीले गौरव मानिरहेको राष्ट्रिय खेलकुदको तयारीमा केही कमजोरी पनि देखिएको छ । पूर्वतयारीको अभावमा खेल छनोट र मैदानको तयारी प्रतियोगिता उद्घाटनको अघिल्लो दिनसम्म पूरा नभएको पाइएको छ । यस्तो कार्यले आयोजक मात्र होइन, सिङ्गो पूर्वाञ्चल बदनाम हुने कुरामा ध्यान पु¥याउनुपर्छ । रातारात काम गरेर भए पनि खेलमैदान तयारीलगायतका अन्य तयारी, खेलाडीको उचित वासको व्यवस्थापन गर्नुपर्छ ।