haidroपाँचथर/फिदिम–५ स्थित थापाटारमा रहेको एक सय ३२ केभिए काबेली करिडोर प्रशारण लाइनको सव–स्टेशन (विद्युत कनेक्सन पोइन्ट) चार्ज नगरिंदा विद्युत् उत्पादनको चरणमा पुगेको हेंवा ‘ए’ जलविद्युत् आयोजनालाई दैनिक १४ लाख ११ हजार २ सय रुपैयाँ घाटा हुने भएको छ ।

आयोजनाको टेस्टिङ सफल भएर थापाटारस्थित सव–स्टेशनसम्म तत्काललाई ८ मेगावाट विद्युत् आइपुगे पनि सव–स्टेशन चार्ज नभएकाले उत्पादित विद्युत् निर्यात गर्ने ठाउँ नहुँदा दैनिक लाखौं घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको आयोजनाका प्रमुख पुष्पज्योति ढुङ्गानाले बताए । ‘तत्काललाई मुलुकको लोडसेडिङ १५ मिनेट घटाउने विद्युत् प्राधिकारणलाई दिन सकिने भएपनि त्यो हुन सकिरहेको छैन’, ढुङ्गानाले भने ।

आयोजनाले थापाटारदेखि सदरमुकाम फिदिमसम्म दुई किलोमिटर प्रशारण लाइन आपैmं निर्माण गरी यहाँबाट इलाम तिक्लेनीको ३३ केभिए सव–स्टेशन हुँदै गोदकस्थित कावेली करिडोरको सव–स्टेशनमा जोड्ने गरी विद्युत् आपूर्ति गर्न खोजे पनि थापाटारको सव–स्टेशन चार्ज नगरिएकै कारण त्यो सम्भव नभएको हो ।विद्युत व्यापार विभाग र प्राधिकरणको प्रशारण लाइन निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि कावेली करिडोर आयोजनाको कन्ट्रयाक्टरले सव–स्टेशन चार्ज नगरेको आयोजना प्रमुख ढुङ्गानाले बताए ।

एक दिनमा सम्पन्न हुने काम समेत नगरिंदा आयोजनाले दैनिक लाखौं रुपैयाँ घाटा ब्यहोर्नु परेको ढुङ्गानाले गुनासो गरे ।पाँचथर पावर कम्पनीले २ अर्ब ५६ करोड लगानीमा निर्माण गरेको आयोजनाबाट १५ मेगावाट विद्युत् उत्पादन हुनेछ । छापुच्छ«े, सानिमा, इन्भेष्टमेन्ट बैङ्क र व्यक्ति तथा स्थानीयको समेत लगानी रहेको उक्त आयोजनाको निर्माण कार्य २०६८ बाट शुरु गरिएको थियो ।