aasaraविजयपुर/सिङगापुरमा रहेका बहालवाला ‘गोर्खाज’हरुले पछिल्लो समय समाजीक कार्यहरुमा सहयोग गर्दै आएको छ । २०७२ साल बैशाख १२ र २९ गते गएको बिनाशकारी भुकम्पका बेला प्रधानमन्त्री दैबिप्रकोप उद्धार समितीलाई एक करोड भन्दा बढि रकम सहयोग गरेको ‘सिङगापुर गोर्खाज’ले पछिल्लो समय धरानमा झण्डै तिन करोडको लगानीमा बहुदेशीय भवन निर्माण गरिरहेको छ ।

आर्थिक अभाबमा उपचार गर्न नसकेका सर्बसाधरणको उपचार गर्न पनि ‘सिङगापुर गोर्खाज’ले अग्रसरता देखाउदै आएको छ । पछिल्लो सयम धरान–२३ स्थित पानबारीमा बन्दै गएको पुर्वाञ्चल आसारा सुधार गृह निर्माण गर्न पनि ‘सिङगापुर गोर्खाज’ले सहयोग गरेको छ । ‘सिङगापुर गोर्खाज’ले पहिलो चरणमा ६६ हजार २ सय १५ रुपैया हस्तान्तरण गरेको छ । हामी यो सहयोगलाई निरन्तरता दिने छौ ‘सिङगापुर गोर्खाज’ का संयोजक रोशन राईले भने ‘सिङगापुर गोर्खाज’ले समाजर्लाइ हित हुने कार्यमा सधै सहयोग गर्ने बताए । लागुऔषध दुर्बेशनीहरुलाई सुधार संस्थागत रुपमै कार्य थाल्न पुर्वाञ् चलका लागि धरान –२३ स्थित पानबारीमा आसारा सुधार गृह निर्माण भई रहेको छ ।

सहयोग संकलन गरेरै निर्माण गर्न थालिएको आसारा सुधार केन्द्रको दोश्रो तलाको ढलाईका कार्य सुरु हुन लागको आसारा सुधार गृह निर्माण समितीकी कोषाध्यक्ष शिला बज्रचार्यले बताइन । ‘अहिले युवाहरु बिभिन्न कारणले लागुऔषध दुर्बेशनमा फसेका छन्,हामीले उनीहरुर्लाइ समाजमा स्थापित गराउनु पर्छ र लागु औषध दुर्बेशनलाई समाजबाट बहिस्कार गर्नु पर्छ’ ‘सिङगापुर गोर्खाज’का संयोजक रोशन राईले भने ‘हामीले पनि त्यो भुमिका निर्बाह गर्न आसारा सुधार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेका हौ,हामीलाई बिश्वास छ यो मिसन अबश्य सफल हुने छ । ‘सिङगापुर गोर्खाज’को तर्फबाट मणी राई,संयोजक रोशन राई ,मोहन गुरुङ र मदन राई २५ हजार ५ सय ५५ रुपैयाँ तिरेर आसारा सुधार गृहको आजीबन संस्थापक सदस्य पनि बनेका छन् । संयोजक राईले ‘सिङगापुर गोर्खाज’हरु पनि आजीबन संस्थापक सदस्य बन्न इच्छुक भएको भन्दै चाँडै यस समन्धि निर्णय आउने जानकारी दिए । सिङगापुरमा झण्डै १९ हजार नेपालीहरु ‘सिङगापुर गोर्खाज’को रुपमा कार्यरत छन् ।

संस्थापक आजीबन सदस्य बन्ने अन्तिम मिती चैत्र मसान्त सम्म मात्र भएको भन्दै सृधार गृह निर्माण समितीकी कोषाध्यक्ष शिला बज्रचार्यले ‘सिङगापुर गोर्खाजहरु’ पनि आजिबन सदस्य बनेर समाजलाई लागु औषध मुक्त बनाउन सहयोगी बन्ने बिश्वास लिएको बताईन । ‘सिङगापुर गोर्खाज’का संयोजक रोशन राईले आफुहरुले समाजका बिभिन्न क्षेत्रमा गरेको सहयोग को सहि ठाउमा खर्च हुने कुरामा आफुहरुले बिश्वास लिएको बताए । आफ्नो देश बनाउन हामी बिदेशमा रहेपनि लागि पछौं तर हामीले गरेको सहयोग दुरुपयोग हुनु हुदैन उनले सुनाए । यसै बिच धरान –२३ स्थित पानबारीका सामाजीक अभियान्ता बिश्वराज कार्किपनि २५ हजार ५ सय ५५ रुपैया तिरेर आसारा सुधार गृहको आजीबन संस्थापक सदस्य बनेका छन् ।

यसैगरि नेपाल फिजीकल टेनिङ एसोसिएसन का पुर्वाञ्चल क्षेत्रिय अध्यक्ष पर्वत राईपनि २५ हजार ५ सय ५५ रुपैया तिरेर आजिबन संस्थापक सदस्य बनेका छन् । राईको पहिलमा आसारा सुधार गृहमा यस अघिपनि आर्थिक सहयोगहरु संकलन भएको थियो । सुधार गृह निर्माण गर्न बिश्वकमा सिमेन्टले ३ सय बोरा सिमेन्ट सहयोग गर्ने भएको छ भने बिराटनगरका उद्योगपति तथा समाजसेबी राजेन्द्र राउतले ८ सय ५० बेरा सिमेन्ट सहयोग गर्ने भएका छन् । दाताहरुले सहयोग गर्न कबोल गरेको झण्डै १ करोड ७० लाख मध्ये झण्डै ७० लाख रुपैयाँ प्राप्त भईसकेको कोषाध्यक्ष शिला बज्रचार्यले बताईन ।