इनरुवामा अागलागी
- मंसिर ३०, २०७३
- ब्लाष्ट खबर
इनरुवा/सुनसरीको सीमावर्ती घुस्की–६ मा बुधबार अबेर राति आगलागी हुँदा छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय जुलफकार मियाँको घरबाट सल्केको आगोले चार परिवारका पाँच घर जलेर नष्ट हुँदा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राति जाडो छल्नका लागि बालेको घुरबाट सल्केर भएको आगलागीमा स्थानीयवासी मजलुम मियाँ, एमजुन खातुन, इम्तियार मियाँसहितको पाँचवटा घर जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
आगलागीबाट टिनको छानो भएका पाँचवटा घर, घरमा रहेका विभिन्न सरसमान, लत्ताकपडा र अन्नपात गरी रु ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । आगलागीलाई स्थानीयवासी र प्रहरीले सामूहिक रुपमा नियन्त्रणमा लिएका थिए । रासस