धरान/ सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान पार्टिको बन्दका कारण आज पुर्वी नेपालको जनजिवन प्रभावित भएको छ । संविधान संशोधन प्रस्ताव अपुरो रहेको र लिम्बुवानको माग नसमेटिएको भन्दै लिम्बुवान पाटिको वन्दका कारण पुर्वी नेपालको जनजिवन प्रभावित बनेको हो ।

वन्दका कारण पुर्वका सुनसरी , मोरङ , धनुकटा, तेह्रथुम, झापा , पाचथर इलाम र ताप्लेजुङमा सार्वजनिक सवारी , सगै उद्योग कलकारखाना तथा शैक्षिक संस्था समेत खुल्न सकेका छैनन । अरुण सप्तकोशी ९ जिल्लामा भएको बन्दका कारण पुर्वी पहाडी जिल्लाहरु भोजपुर , संखुवासभा, धनकुटा र तेह्रथुम हिडेका यात्रुहरु सुनसरीको धरानमा अलपत्र परेका छन् भने इलाम , पाचथर र ताप्लेजुङ हिडेका यात्रुहरु झापाको वितामोडमा अलपत्र परेका छन् ।

संसदमा दर्ता भएको शंविधान संसोधन प्रस्ताव अपुरो रहेको तथा झापा मोरङ र सुनसरीलाई टुक्र्याउने षडयान्त्र सुरु भएकोले त्यसको विरोधमा आफुहरु १ दिन वन्द सगै सडक आन्दोलनमा होमिएको लिम्बुवान पाटीका केन्द्रिय महासचिव प्रेम थाम्सुङ लिम्बुको भनाई छ । लिम्बुवान पाटीका केन्द्रिय महासचिव थाम्सुहाङले नयाँ संविधान लिम्बुवान विरोधी भएको भन्दै यसको संशोधन भन्दा पनि पुनर लेखन गर्नु पर्ने बताए । आफ्नामा पुरा नभए अझ ससक्त आन्दोलन गर्ने उनको चेतावनी छ ।

वन्द सफल बनाउन लिम्बुवानका कार्यकर्ता विहानै देखी सडक मा निस्केका छन् भने वन्दमा कुनै घटना हुन नदिन विहानै देखी नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको समेत उपस्थित समेत बाक्लो रहेको छ ।

https://youtu.be/873T-PznFFI