Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /पूर्व
पूर्व

चिकित्सक नहुँदा बिरामीले दुःख पाए

ब ब्लाष्ट खबर मंसिर २२, २०७३ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber

गाईघाट (उदयपुर)/जिल्ला अस्पताल उदयपुरमा दुई महिनादेखि प्रसूतिसम्बन्धी चिकित्सक नहुँदा अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले दुःख पाउन थालेका छन् । दुई महिनादेखि अस्पतालमा प्रसूति सेवाको चिकित्सक नभएपछि अहिले प्रसूति सेवाका लागि अधिकांश बिरामीले शल्यक्रिया सहितको सेवा लिन दशौँ हजार खर्च गरेर विराटनगर तथा धरान जान बाध्य हुनु परेको बिरामीका आफन्त बताउँछन् । दुई महिनाअघि मात्र प्रसूति सेवासम्बन्धी एक चिकित्सक अमितकुमार ठाकुरको करार सेवाको समय अवधि सकिएर ठाकुर राजधानी काठमाडाँैतिर गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूतिसम्बन्धी चिकित्सकको अभाव भएको अस्पतालका कर्मचारीले बताएका छन् । डाक्टरको अभाव भएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवाका लागि आउने दैनिक २० भन्दा बढी बिरामी बाध्य भएर जिल्लाबाहिर सेवाका लागि जानु परेको अस्पतालका कर्मचारीले बताए । त्रियुगा नगरपालिका–७ का रमणदेव चौधरी भन्छन्, “आफूले आफ्नो श्रीमतीको गर्भ बसेको अवस्थादेखि नै जिल्ला अस्पतालमा लगेर डाक्टरसँग जँचाउने गरेको थिएँ, तर दुई महिनादेखि डाक्टर नभएपछि आफूले श्रीमती धरानको बिपी मेमोरियल अस्पतालमा लगेर प्रसूति गराउन बाध्य भएँ ।” यस्तै, जिल्लाको साउने खाँबु–६ का खम्बबहादुर मगरको पनि यस्तै गुनासो छ, । मगर भन्छन्, “आफ्नो बुहारीलाई प्रसूति सेवाका लागि जिल्ला अस्पतालमा लगे पनि चिकित्सक नहुँदा बाध्य भएर बिसौँ हजार खर्च गरेर एम्बुलेन्समा पूर्वाञ्चलको कोसी अस्पताल विराटनगर लगेर शल्यक्रिया सहितको उपचार हुन पुग्यो ।” अहिले जिल्ला अस्पताल उदयपुरमा चिकित्सकका अभावमा प्रसूति सेवाका शल्यक्रिया सहितको प्रसूति सेवा हुन नसकेपछि जिल्लाका धेरै प्रसूतिका बिरामी भने जिल्लाबाहिर जान बाध्य हुनुपरेको गुनासो व्यापक बढ्दै जान थालेको छ । यस विषयमा जिल्ला अस्पताल उदयपुरका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीसँग सम्पर्क गर्दा करारको चिकित्सकको समय अवधि सकिएर अन्यत्र गएपछि अहिले अस्पतालमा समस्या आएको कुरा बताएका छन् । अर्का प्रसूतिसम्बन्धी चिकित्सकको व्यवस्थापन गर्न पहल भइरहेको खत्रीले बताए । तर अस्पतालजस्तो संस्थामा चिकित्सक नहुनु र दैनिकरुपमा प्रसूति सेवा लिन आउने बिरामी चिकित्सक नहुँदा दशौँ हजार खर्च गरेर जिल्लाबाहिर जान बाध्य हुनुपर्ने अवस्थाले जिल्लावासीले समस्या भोग्नुपरेको उदयपुरवासी बताउँछन् ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

पाख्रीबास बजारमा जुवातास खेलिरहेका ११ जना व्यक्ति पक्राउ
कार्तिक १२, २०८३
क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य
कार्तिक १२, २०८३
मिनी ट्रकसहित १० लाखको भन्सार छलीका सामान बरामद
कार्तिक १२, २०८३
छापा संस्करण [ePaper]
  1. पाख्रीबास बजारमा जुवातास खेलिरहेका ११ जना व्यक्ति पक्राउ
    कार्तिक १२, २०८३
  2. क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य
    कार्तिक १२, २०८३
  3. मिनी ट्रकसहित १० लाखको भन्सार छलीका सामान बरामद
    कार्तिक १२, २०८३
  4. मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
    कार्तिक १२, २०८३
  5. आधुनिकतासँगै हराउँदै काठका सामग्रीको चलन
    कार्तिक १२, २०८३
  6. खानाको निम्तो दिएर व्यापारी गुप्ताको हत्या
    कार्तिक १२, २०८३
  7. राजीनामाबाट अपराध ढाकछोप हुनुहुँदैन
    कार्तिक १२, २०८३
  8. आजको राशिफलः २०८३ साल कात्तिक १२ गते बिहीबार
    कार्तिक १२, २०८३
  9. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    कार्तिक ११, २०८३
  10. झापामा गोली हानेर २ जना लागूऔषध कारोबारी पक्राउ
    कार्तिक ११, २०८३
  11. बीपीको हाडजोर्नी विभागको प्लास्टर कोठाका लागि एसी सहयोग
    कार्तिक ११, २०८३
  12. चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
    कार्तिक ११, २०८३
  13. फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग
    कार्तिक ११, २०८३
  14. २५ लाखभन्दा बढीका अवैध सामान बरामद
    कार्तिक ११, २०८३
  15. धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
    कार्तिक ११, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड