धरान, इटहरी, विराटनगर, इनरुवालगायतका दमकल तथा स्थानिय, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास जारी राखेको भए पनि आगो नियन्त्रण बाहिर रहेको स्थानिय उमेश साहले बताए ।
आगलागी भएको फम भित्ररहेको फ्याक्ट्री खेतको विचमा भएको कारण र ग्यासहरु ठूलो संख्यामा पड्केको कारण दमकलहरुसम्म उक्त स्थानसम्म पुग्न १ घण्टा लागेको थियो । स्थानीय अगुवा विनय दाहालले आगलागीको कारण अहिलेसम्म पत्ता नलागेको बताए । उक्त फम धरानका मनिष अग्रवालको भएको वताईएको छ । घट्ना स्थलमा रहेका हाम्रा सम्बाददाता बाबुराम सुवेदीका अनुसार आगो नियन्त्रण बाहिर रहेकाले ८ः ३० बजेसम्ममा फम पूर्णरुपमा जलेर ध्वस्त भएको थियो ।
आगो निभाउँन समस्या भएको इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर शिवकुमार पोखरेलले बताए । ग्यास लिक भएरै आगो लागी भएको हुन सक्ने उनले बताए । संचालकका आफन्त विनोदका अनुसार उक्त फममा कच्चा पदार्थ मात्रै १०÷१५ करोडको रहेको थियो ।
भिडियाे/तस्विरहरु: बाबुराम सुवेदी































