भद्रपुर/ नेपालमा प्रतिबन्धित भारतीय बोइलर कुखुरा झापाको दक्षिणी नाकाबाट खुृलेआम भित्रिने गरेको पाइएको छ ।
स्थानीय प्रहरीको सेटिङ्गमा नेपाल तथा भारतका लाइनमेनले बोइलर कुखुरा तथा चल्ला नेपाली बजारमा ल्याउने गरेको स्थानीयबासी बताउछन । सिमा क्षेत्रबाट पशुपक्षीको तस्करी हुने गरेको सूचना आए पछि सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय झापाले दैनिक भारतीय बोइलर कुखुरा बरामद गर्न थालेका छन् । सिमा सुरक्षा कार्यालयबाट बरिष्ठ प्रहरी हवल्दार राजकुमार माङ्गमुको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार विहान भद्रपुर–१ स्थित भैसाबारीबाट २० थान बोइलर कुखुरा बरामद गरेको छ ।
अन्दाजी २५ हजार मुल्य पर्ने कुखुरालाई सिमा सुरक्षा कार्यालय झापा परिसरमा पशु क्वारेन्टाइनका कर्मचारी, पत्रकार, स्थानीबासीको रोहवरमा नष्ट गरिएको छ ।