धरान /भारतीय अायल निगमले पठाएकाे नयाँ मुल्य सुचिका अाधारमा नेपाल आयल निगमले आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य घटाएकाे छ। नेपाल अायल निगमले मूल्य समायाेजन गरी प्रतिलिटर ९४ रुपैयाँबाट ८६ रुपैयाँ मूल्य तोकेको जनाएकाे छ।अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिहजार लिटर ८३१ अमेरिकन डलरबाट घटेर ७५० कायम भएको छ।पेट्रोल र डिजेलको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ।