भद्रपुर/होटल व्यवसायी संघ झापाका अध्यक्ष सहित ११ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडवाट खटिएको संयुक्त गस्ति टोलीले पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
विर्तामोडमा रहेको सन्दीप होटलमा जुवा खेलिरहेको जानकारी आएसगै गएको प्रहरी टोलीले आइतवार राती करिव ९ बजे पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेती,टंक भेटवाल लगायत रहेको प्रहरी प्रवक्ता हरि प्रसाद शर्माले जानकारी दिए ।
जुवा खालवाट प्रहरीले १६ वटा कौडा र १ लाख ७५ हजार नागद बरामद गरेको वुझिएको छ । पक्राउ परेको होटल अध्यक्ष उप्रेतीको भएको प्रहरी श्रोतवाट खुल्न आएको छ । उनिहरुलाई प्रहरीले नियन्त्रणमा राखेको छ । विस्तृत जानकारी आउन बाकी रहेको प्रवक्ता शर्माले बताए ।