challaभद्रपुर\भारतबाट अवैध रुपमा नेपाल भित्राएको अन्दाजी ६० हजार मुल्य वरावरको ६० थान बोइलर कुखुरा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।सशस्त्र प्रहरी अस्थायी वोर्डर आउट पोष्ट पृथीवीनगका इन्सपेक्टर गोपाल पोखरेललको नेतृत्वमा खटिएको टोलीले आइतवार विहान झापाको पाठामारी ६ बाट कुखुरा बरामद गरी नष्ट गरिएको अस्थायी वोर्डर आउट पोष्ट पृथीवीनगरले जनाएको छ ।

करिब दुई सय किलो कुखुरालाई अस्थायी पशु क्वारेन्टाइन चेक पोष्ट,प्रहरी ,नागरिक समाज लगायतको रोहवरमा नष्ट गरिएको हवल्दार सत्येन राजवंशीले जानकारी दिए ।नेपाल सरकारले भारतबाट आउने पशुपन्छि नेपाल भित्राउनमा प्रतिबन्ध लगाएपनि लाइनमेनहरुले खुल्ला सिमा क्षेत्रको फाइदा उठाउदै दैनिक रुपमा बोइलर कुखुरा, चल्ला, हास, बाख्रा नेपाल भित्राइरहेका छन् ।