rajaswaभद्रपुर/झापाको भद्रपुरमा रहेको नारायण राज प्रोडक्टमा राजश्व अनुसन्धान टोलीले छापा मारेको छ । राजश्व अनुसन्धान विभाग पुल्चोक काठमाण्डौवाट आएको टोलीले प्रोडक्टले उत्पादन गर्दै आएको सुर्तिजन्य पदार्थमा केहिदिन अघि छापा मारेको हो । विभागका निर्देशक गोविन्द सुवेदीको नेतृत्वमा आएको पाँच जनाको टोलीले उद्योगमा छापामारेको वुझिएको छ । उद्योगले कर छलि गरेको उजुरी विभागमा परेकोले केन्द्रवाट टोली गएर छापा मारी अनुसन्धानको लागी कागज पत्र विभागमा लगिएको निर्देशक सुवेदीले बताए । ‘उजुरीको आधारमा छापा मारेका हौं, कागज पत्र ठिक छ छैनको वारेमा केलाउने छौ ।’

स्पस्ट नभएमा उद्योगीलाई बोलाएर जानकारी लिई तथ्यमा पुगिने उनको भनाई छ । उद्योगले राखेको सवै कुरा ठिक भएमा स सम्मान विदा गरिने समेत उनले बताए । उद्योगले निधी गुटखा,स्विट सुपारी,घडी खैनी, प्रेम पराग लगायतको बस्तु उत्पादन गर्दै आइरहेको छ । भन्सार छलि गरेर उद्योगमा ल्याउदै गरेको जर्दा मिलाएको ४२ प्याकेट सुगन्धित सुर्ती समेत केहि दिन अघि रातको समयमा प्रहरीले बरामद गरेको थियो । उद्योगले आफुले उत्पादन गरेको वस्तुमा प्रयोग भई सकेको अन्त शुल्कको स्टिकर समेत टाँसेर वजार पठाउने गरेको सार्वजानिक भइसकेको छ ।

यस्ता प्रकारका क्रियाकलाप उद्योगले पटक पटक गर्दै आइरेको पाइएको छ ।टोलीले उद्योगको निरीक्षण मात्र गरेको हो छापा नमारेको उद्योगका सञ्चालक पर्शुराम अग्रवालले बताए । केहि वर्ष विराएर विभागवाट अडिटको लागी टोली आउने गरेको अग्रवालको भनाई छ । उद्योगमा छापा मारेर कागज पत्र नलगेको उनले दाबी गरे ।