विजयपुर/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको डिजेल घोटालाको विषयमा सुनसरी जिल्ला प्रशासन कार्यालयले चासो लिएको छ । डिजेल घोटालाबारे ब्लाष्टले निरन्तर समाचार प्रकाशन गरेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकराज पौडेलले यस विषयमा आइतबार नै जानकारी लिन शुरु गर्ने बताए । ‘यो विषयमा मलाई खासै जानकारी थिएन, अहिले जानकारी भयो’, उनले भने, ‘म आइतबार नै यो विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउँछु ।’ स्थानीय राजनैतिक दलहरुले पनि यसबारे यथार्थ छानबिन गरेर कारवाही गर्न यसअघि नै माग गरिसकेका छन् ।लोडसेडिङ नभएको समयमा पनि जेनेरेटर चलेको देखाएर प्रतिष्ठानले गत आर्थिक वर्षमा मात्रै २ करोड रुपैयाँ खर्च गरेको समाचार सार्वजनिक भएको थियो ।