आगलागीपीडितलाई सहयोग
- मंसिर १९, २०७३
- ब्लाष्ट खबर
सल्यान/श्रीमान् गुमाएको १५ दिन नबित्दैे घरमा आगलागी भएकी महिलालाई सहयोग हस्तान्तरण गरिएको छ ।
वागचौर नगरपालिका–७ सानागाडाकोटकी अमृता शाहीलाई स्थानीय खरीबोट बजारवासीले खरिबोट बजार व्यवस्थापन समितिको अगुवाइमा राहतस्वरुप चामल, नुन तेल, लत्ताकपडा तथा भाँडाकुडा दिइएको हो ।
पीडित शाहीको आर्थिक अवस्था ज्यादै कमजोर भएकाले समुदायमा मानवीय भावना जगाउन सहयोग गरिएको समितिका अध्यक्ष खुमराज बुढाथोकीले जानकारी दिए । रासस