बिर्तामोड/बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले सरकारी लापर्वाहीका कारण बैदेशिक रोजगार व्यवसाय धरासयी बनेको आरोप लगाएका छन् ।

झापाको बिर्तामोडमा रहेको अञ्जली ओभरसिले आयोजना गरेको ११ औ बार्षिकत्सव कार्यक्रममा आयोजित कार्यक्रममा ढकालले यस्तो आरोप लगाएका हुन् । मुलुकको अर्थ ब्यवस्थामा प्रमुख योगदान गर्ने बैदेशिक रोजगारलाई सरकारले बेवास्ता मात्र नगरेको बताउँदै उनले यसमा संलग्न ब्यवसायलाई निरुत्साहित गर्न सरकार अग्रसर रहेको आरोप लगाए ।
ढकालले बैदेशिक रोजगार व्यवसायलाई अझ सुरक्षित र मर्यादित बनाउँदै एक महिनाभित्र एक प्रदेशमा एक शाखा खोल्न पाउने ऐन आउने जानकारी दिएका छन् । उनले बैदेशिक रोजगार व्यवसाय व्यवस्थित नहँदा धेरै मानिस ठगिएको बताउदै यसलाई व्यवस्थित गर्न संघ लागिरहेको बताए । उनले सरकारको लापर्वाहीको कारण अस्तव्यस्त भएको भन्दै व्यवसाय सुरक्षित र मर्यादित बनाउदै व्यवसायीलाई जोड्ने कार्य भइरहेको बताएका छन् ।
कन्काई नगरपालिकाको भुरुङ्गामा शनिबार आयोजना भएको कार्यक्रम अन्तराष्टिय बैदेशिक रोजगार व्यवसायी संघ प्रमुख अर्जुन शर्मा, सहायक जिल्ला अधिकारी डमरुप्रसाद निरौला, अञ्जली ओभरसिजका प्रवन्ध निर्देशक टिका शिवाकोटी, पत्रकार चन्द्र भण्डारी लगायतले बोलेका थिए ।
ओभरसिजका बिर्तामोडका प्रवन्ध निर्देशक भानुप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य ओभरसिजका बिर्तामोड जनरल मेनेजर ज्ञानु प्रसाईले गरेका थिए । कार्यक्रममा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, कुमार भट्टराई, अग्नि पाण्डे, श्याम खड्गी, लिला शिवाकोटी, पुन्य उप्रेती लगायतले संस्थाको प्रगतिको बिषयमा बोल्दै शुभकामना दिएका थिए । कार्यक्रमलाई संस्थाका राजन ढुङ्गेलले सञ्चालन गरेका थिए ।