इटहरी/प्रहरी पूर्वकै पर्यटकीय क्षेत्र तालतलैया नजिक रहेको पूरान चौकमा अस्थायी प्रहरी चौकी निर्माण हुने भएको छ । निर्माण गरिने प्रहरी चौकीको सुनसरी क्षेत्र नम्वर २ का साँसद रेवतीरमण भण्डारीले शनिबार शिलान्यास गरे ।
[caption id="attachment_20796" align="alignnone" width="1024"]

तस्बिरः बाबुराम सुवेदी[/caption]
४० लाख रुपैयाँको लागतमा निर्माण हुने अस्थायी प्रहरी चौकीको पहिलो चरणमा १५ लाख रुपैयाँको काम हुन अस्थायी चौकी व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण विष्टले जानकारी दिए । स्थानीय खतिवडा परिवारले स्वर्गीय बाबु हरिचरण खतिवडाको स्मृतिमा प्रहरी चौकी तालतलैयाका लागि केही समय अघि डेढ कठ्ठा जग्गा उपलब्ध गराएका थिए ।
सो जग्गाको मूल्य ३० लाख रुपैयाँ पर्ने पनि समितिका सचिव तुलाराम दंगालले जानकारी दिए । स्वर्गीय हरिचरणका दुई श्रीमति श्रीमती मनमाया र रणमाया खतिवडा तथा छोराहरु चन्द्रप्रसाद, विन्दाप्रसाद, हरीप्रसाद, बालकृष्ण, चिन्तामणी र सरोज खतिवडाले प्रहरी चौकीका लागि केही समय अघि डेढ कठ्ठा जग्गा प्रदान गरेका थिए । सो जग्गा इलाका प्रहरी कार्यालयको स्वामित्वमा आइ सकेको अध्यक्ष विष्टले जानकारी दिए ।
भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट दश लाख रुपैयाँ, इटहरी उपमहानगरपालिकाबाट तथा स्थानीयबाट रकम संकलन गरि हाल १५ लाख रुपैयाँको काम गरिने पनि बताइएको छ । भवन शिलान्यास कार्यक्रममा सासद भण्डारी सहित इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेश सुवेदीले शान्ति सुरक्षाको दृष्टीकोणले पनि तालतलैया क्षेत्रमा प्रहरी चौकी आवश्यक भएको र व्यवस्थापनमा लागि पर्ने बताए ।
स्थानीयहरुले भने प्रहरी चौक निर्माणमा सहयोग गर्न सरकारी निकाय तथा प्रशासन सँग आग्रह गरेका थिए । कार्यक्रममा तालतलैया विकास समितिका अध्यक्ष बीरबहादुर लिम्बू, जिल्ला विकास समिति सुनसरीका प्रतिनिधी शिवबहादुर निरौला, इटहरी उपमहानगरपालिकाका ३ नम्वर वार्ड सचिव अर्जुन सुवेदी, बलराम पुलामी, श्यामकुमार थापालगायतको स्थानीयको सहभागिता रहेको थियो ।