पथरी/मोरङको बयरवन–३ स्थीत हरकपुरको स्थानीयहरुले एम्बुलेन खरिद गर्न श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह महायज्ञ सुरु गरेको छ । [caption id="attachment_20793" align="alignnone" width="960"]mahapuran तस्बिरः दिनेश सुब्बा[/caption] श्रीसूर्य विनायक शिव मन्दिर व्यावस्थापन समितिको मुख्य आयोजनामा बुधबार देखि सुरु गरेको हो । आगामी बुधबार समाप्त हुने महापुराणमा युवा पण्डित माधवप्रसाद अधिकारी कथा वाचन र पण्ति मातृका प्रसाद भट्टराईबाट मूल पाठ वाचन दैनिक हुने गरेको पुराण मुल आयोजक समितिका प्रचारप्रसार विभाग प्रमुख नारायण प्रसाद काफ्लेले बताए । बिहान ८ वजे देखि १० बजे सम्म पाठपारायण र विहान ११ बजेदेखि ५ बजे सम्म र बेलुका ८ बजेदेखि ११ बजे सम्म कथा वाचन हुने गरेको छ । महापुराण सुरु भएदेखि शुक्रबार सम्ममा ४ लाखको हारहारीमा भेटि संकलन भएको महापुराण मूल आयोजक समितिका तथा सूर्य विनायक शिव मन्दिर व्यवस्थापन समितिका सचिव श्रीप्रसाद मिश्रले बताए । महापुराणमा १८ लाख रकम संकलन गर्ने र ६ लाख रुपैया खर्च हुने महापुराण समितिले जनाएको छ । संकलित रकमले शिव मन्दिर मर्मत र एम्बुलेन्स किन्ने जनाएको छ । महापुराण अघि प्रचारप्रसार समिति,अन्त तथा तुलादान समिति,स्वमसेवक समिति,स्वागत समिति,महापुराण मूल समिति,लेखा समिति र पुराण व्यवस्थापन समिति गठन गरेका थिए । त्यस क्षेत्रमा एम्बुलेन्स नभएको कारण गत कात्र्तिक ११ गते स्थानीय ६५ बर्षिय शिवराज गिरीको मृत्यु भएको थियो । घर छेउ रुखमा घाँस काट्ने क्रममा रुखबाट लडेको थियो । हरकपुर देखि लगभग ८ किलोमिटरको दुरीमा रहेको एम्बुलेन्सहरु बोलाउदा अन्त ठाउँ गएको जानकारी भएपछि २ घण्टा पछि मात्र भेनमा लगाएर नोवेल हस्पिटल लगिएको थियो । नोबेलमा उपचार सम्भव नभएपछि धरान स्थीत विपि मेमोरियल स्वास्थ विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा साहिदिन मुत्यु भएको स्थानीय शैलेन्द्र थोक्लनले बताए । कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नम्बर २ का सभासद चण्डीप्रसाद राई,विशेष अतिथि स्थानीय समाज सेवी देवकुमारी भट्टराई र प्रधानमन्त्रीको सचिवलायको सदस्य दलबहादुर जिसीले महापुराणको उद्घाटन गरेका थिए ।