chataraaविजयपुर/सुनसरीको चतरा स्थित बयरबनमा लागेको आगो स्थानियले नियन्त्रणमा लिएरपछि बयरबन बजार आगोलागिबाट बचेको छ । शुक्रबार साँझ छ बने नेपाली काङग्रेशका गाउ कमिटी सचिब प्रदिप बस्नेतको घरमा रहेको दिपक श्रेष्ठको भाडा पसलबाट आगोलागि सुरु भएको स्थानियलाई उदृत गर्दै हाम्रा स्थानिय समाचारदाता बिजय राईले जनाएका छन् ।

आगलागिबाट श्रेष्ठको भाडा पसलमा पुर्णरुपले क्षति पुगेको छ । आगोलागि सुरु हुन साथ स्थानियले धरान उपमहानगरपालीकाको दमकललाई खबर गरेका थिए । तर दमकल स्थानियले आगो नियन्त्रणमा लिएपछि मात्र पुगेको स्थानियको आरोप छ । भाडा पसलमा रहेका ग्यासका सिलिण्डरहरु निकाल्न सकिएकाले आलोलाई नियन्त्रणमा लिन सहज भएको बताइएको छ ।आगलागि बिद्युत सट भएर लागेको हुन सक्ने अनुमान गरिएको छ ।