trबिर्तामोड/जिल्ला ट्राफिक प्रहरी कार्यालयमा अहिले ४१ जना ट्राफिक प्रहरी कार्यरत् छन् । यो दरबन्दी २०५५ सालको हो । त्यतिबेला जिल्लाभरमा मुश्किलले ३ हजार सवारी साधन सञ्चालन हुन्थे । अहिले झण्डै १ लाख सवारी पुगेका छन् । तर, हालसम्म सम्बन्धित निकायले ट्राफिकको दरबन्दी मिलान गर्ने प्रयास गरेको छैन ।

पूर्वको मेचीदेखि दमकको मावा खोलासम्म ५५ किलोमिटर मूल सडक छ । पाडाजुँगीदेखि गौरीगञ्ज, चारआलीबाट किटेनी, बिर्तामोडदेखि भद्रपुर गरेर ६१ किलोमिटर सडक छ । यो बाहेक सवारी सञ्चालन हुने अन्य सडकको लम्बाइ झण्डै तीन सय किलोमिटर छ झापामा ।अहिले बिर्तामोडमा २१, भद्रपुर ९ र दमकमा ११ जना ट्राफिक प्रहरी कार्यरत् छन् । जिल्लाका १२ स्थानमा अस्थायी ट्राफिक पोष्ट छन् । जनशक्तिको अभावमा कतिपय पोष्टमा एकजना ट्राफिक प्रहरी मात्र राख्नुपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ढुण्डीराज गिरीले बताए ।तीन हजार सवारी साधन हुँदा ४१ जना ट्राफिक थिए । एकजना ट्राफिकको भागमा त्यसबेला ७३ वटा सवारी पथ्र्याे । अहिले दरबन्दी र काजमा गरेर ६२ जना ट्राफिक प्रहरी छन् ।

एकजनाको भागमा १२ सय नौवटा सवारी साधन पर्छन् । सवारीको चाप बढेपनि नियन्त्रण गर्ने निकाय कमजोर भएपछि झापाको सडक अस्तव्यस्त छ ।जनशक्तिकै अभावमा झापाको ट्राफिक प्रहरी शहरमा मात्र केन्द्रित भएको छ । धेरैवटा सवारी साधन ओहोरदोहोर गर्ने झापाका कतिपय ग्रामीण इलाकामा रहेका बस स्टेशनमा अहिलेसम्म ट्राफिक प्रहरी पुग्न सकेको छैन । ट्राफिक प्रमुख गिरी नै भद्रपुरभन्दा दक्षिणपट्टि ट्राफिक प्रहरी पुग्न नसकेको स्वीकार गर्छन् । उनले पथरिया, राजगढ, खुदुनाबारी, बाहुनडाँगी जस्ता जनसङ्ख्या र सवारी साधनको चाप हुने इलाकामा समेत ट्राफिक प्रहरी राख्न नसक्दा सवारी साधनलाई व्यवस्थित बनाउन नसकिएको बताए ।झापाका प्रायः सबै सडकमा सङ्केत चिह्न भएको बोर्ड देख्न पाइँदैन ।

सडक निर्माण भएयता सडक डिभिजन कार्यालयले कुनै पनि स्थानमा बोर्ड राख्न र पुराना बोर्डमा पेन्टिङ गर्न, फेर्न पहल गरेको छैन । डिभिजन सडक कार्यालयको बेवास्ताले जिल्लाका सडक सङ्केतचिह्नविहीन भएका हुन् ।पर्याप्त जनशक्तिको अभावमा ट्राफिकले नेपाल प्रहरीको सहयोगमा मात्र जाँच गर्ने गरेको छ । ‘प्रहरीले जनशक्ति उपलब्ध नगराए राजमार्गमा जाँच समेत हुन सक्दैन’, चेकिङमा खटिएका एकजना ट्राफिक प्रहरीले भने, ‘यहाँ हेर्नुस् न, हामी ट्राफिक कार्यालयका त दुईजना मात्र छौं ।’ झापामा जनशक्ति अभावका कारण सहज ढङ्गबाट यातायात व्यवस्थापन गर्न गाह्रो भएको ट्राफिकको भनाइ छ ।नेपालमा अहिले २२ सय ट्राफिक कार्यरत् छन् । ट्राफिक प्रहरी महाशाखाले १० हजार जना पु¥याउन पहल गरेको वर्षाैं भइसक्यो । तर, नियामक निकायको बेवास्ताका कारण समयानुकुलको दरबन्दी मिलान नभएको हो ।