laisenतरहरा/लामो समयदेखि नखुलेको लाइसेन्स फारम खुल्दा अहिले फारम भर्न र बुझाउन सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । लाइसेन्स खुल्दै बन्द हुँदै गर्दा दुःख पाउनु परेको सर्वसाधारणको गुनासो छ ।

केही दिनयता लाइसेन्सका लागि फारम भर्नेहरुको भीड लागेको आँपगाछीका सरोज बस्नेतले बताए । उनले भने, ‘अहिले धेरै समयपछि लाइसेन्स खुल्दा सर्वसाधारणको भीड लागिरहेको छ ।’ नियमित रुपमा लाइसेन्स वितरण नहुँदा पूर्वी पहाडी जिल्लाका साथै नयाँ सवारी साधन किन्नेहरुले लाइसेन्स बनाउन सास्ती भोग्नु परेको उनको भनाइ छ । यातायात कार्यालय लाइसेन्स शाखाका प्रमुख श्याम सिंहले भने यसपटक लामो समयदेखि फारम वितरण गरी दर्ता गर्दा सर्वसाधारणलाई त्यति धेरै सास्ती नभएको जिकीर गरे ।