धरान/एउटै मुद्दामा एकैपटक पक्राउ परेका तीनजनामध्ये एकजनालाई इलाका प्रहरी कार्यालय धरानका डिएसपीको आदेशमा छुट्टै मिसिल बनाएर छाडेको पाइएको छ ।मङ्सिर ८ गते धरान–१३ स्थित खहरे पुलबाट पक्राउ परेका केवल महर्जन, नगेन बुढाथोकी र विश्व राईमध्ये केवलको मात्रै छुट्टै मिसिल बनाएर बिहीबार उनलाई छाडिएको स्रोतले बताएको छ । राजनीतिक दबावमा केवलको छुट्टै मिसिल बनाएर उनलाई छाडिएको स्रोतले बताउँछ ।
तर, इप्रकाका डिएसपी ढकेन्द्र खतिवडाले भने केही सार्वजनिक अपराधमा घटनाको गाम्भीर्यता हेरेर मिसिल छुट्टाछुट्टै बनाउन सकिने दाबी गरेका छन् । अधिवक्ताहरुका अनुसार एउटै घटनामा फरक–फरक मिसिल बनाउन मिल्दैन । डिएसपी खतिवडाले बिहीबार ५ हजार रुपैयाँ धरौटीमा जिल्ला प्रशासन कार्यालयबाट केवल छुटेको पुष्टी गरे ।धरान–१३ का स्थानीयवासीले तीनजना युवक एउटै घटनामा पक्राउ परेको देखेका थिए । तत्कालीन अवस्थामा इप्रका धरानका इन्स्पेक्टर प्रकाश श्रीमलको नेतृत्वमा पुगेको टोलीले तीनजनालाई नै लिएर गएको धरान–१३ का एक स्थानीयले नाम नछाप्ने शर्तमा बताए ।
केवलको साथबाट १० फाइल ट्याबलेटसमेत फेला परेको ती स्थानीयले बताएका छन् । ‘तर, छुट्दाचाहिँ जो अपराधी हो उही पहिले छुटेको सुनियो’, ती स्थानीयले भने । तीनजना एकैपटक पक्राउ परेका हुन्÷होइनन् भन्ने बारेमा बुभ्mनको लागि धरान–१३ स्थित अस्थायी प्रहरी चौकीका प्रमुख असई हेमन्त निरौलालाई ब्लाष्टकर्मीले फोन गर्दा उनले उनीहरु एकैपटक खहरेको पुलबाट समातिएको पुष्टी गरे ।उनले केही थान ट्याबलेटसहित पक्राउ परेलगत्तै इप्रकालाई बुझाइएको बताए । नगेनका पिता कृष्ण बुढाथोकीले एकै स्थानबाट पक्राउ परेकामध्ये केवललाई छाड्न लागेकोबारे उनकै पिताले आपूmलाई जानकारी गराएको बताए ।
‘केवल छुट्दै छ भनेर उसकै बुबाले मलाई जानकारी गराएका थिएँ’, उनले फोन सम्पर्कमा भने । उनले आप्mनो छोरा र केवलहरुको एउटै मुद्दा रहेको दाबी गरे । ‘एउटै मुद्दा हो, गोटीको मुद्दा हो’, उनले भने । तर, केवललाई मात्रै छुटाउन लागेको विषयमा उनले डिएसपीले चलखेल गरेको हुनसक्ने बताए । ‘डिएसपीले केवलको दिदीको बिहे हुन लागेको कारणले उसलाई छाडेको हो भन्ने सुनिन्छ’, उनले भने ।उनले आप्mनो छोराहरुलाई फरक मुद्दा बनाएको सुन्नमा आएकाले आफूहरुले समेत पत्रकार सम्मेलन गरेर यसको उजागर गर्ने बताए । उनले आपूmहरु अन्यायमा परेकोसमेत बताए ।
तर, डिएसपी खतिवडाले कसैको दबावमा आएर आपूmले केवललाई नछाडेको दाबी गरेका छन् । उनले भने, ‘कसैको दबावमा छाड्थें भने मुद्दा नै नचलाइ छाड्थें । किन मुद्दा दर्ता गरिराख्नु पथ्र्यो र ?’ उनले आपूmले हालसम्म त्यस्तो गतिविधि नगरेको र केही सार्वजनिक अपराधको केसमा मिलिस मिलाउने भन्ने कुरै नहुने बताएका छन् ।
‘वास्तवमा सार्वजनिक अपराधको मिसिल नै केही हुँदैन । मिलिस मिलाउने भन्ने कुरै हुँदैन ।’एकै ठाउँमा र एकै प्रकृतिको घटनामा छुट्टाछुट्टै मिसिल बनाउन मिल्ने÷नमिल्ने बारेमा वकिलहरुलाई बुभ्mदा छुट्टै मिसिल बनाउन नमिल्ने बताए । अधिवक्ता भोजराज श्रेष्ठ भन्छन्, ‘एउटै घटनामा फरक–फरक मिसिल बनाउन मिल्दैन । एउटै बनाउनु पर्छ । त्यस्तो भयो भने गलत हो ।’