तरहरा / पछिल्लो केहि महिना यता इलाका प्रहरी कार्यलय इटहरीले विभिन्न आरोपमा पक्राउ परेका थुनुवाबाट ब्यापक रकम असुल्ने गरेको खुलसा भएको छ । मुद्धा मिलाई दिन्छु,चाडै अदालत र जिल्ला प्रशासनमा पेस गरी दिन्छु भन्दै प्रहरी हिरासतमा रहेका थुनुवाहरुबाट मनपरी रकम असुल्ने गरेको खुलासा भएको हो । विभिन्न कारणले पक्राउ गरी म्याद थप गरीएका थुनुवाबाट मुद्धा फाँटको सेटिङमा घुष लिईरहेको पक्राउ परी वाहिर निश्केकाहरुले वताएका छन ।
तरहरा स्थीत बौद्ध गुम्बाको विषयमा भएको सामान्य हातहालाहालको विषयमा तरहराकै सरण घिसिङले ठुलै कष्ट बेर्होनु परेको वताए । उनले आफुले ८ हजार घुस दिएर पनि २४ दिन सम्म प्रहरी खोरमा राखेको गुनसो गरे । सामान्य कुटपिटको घट्नालाई प्रहरीले अंगभगंमा मुद्धा दायर गरेर पैसा असुल्न खोजेको घिसिङले वताए । धेरै रकम दिए सार्वजनिकमा मुद्धा चलाउँने र छिटो निकालीदिने भनेको थियो धेरै पैसा नदिदा मलाई २४ दिन थुन्यो उनले भने । इलाका प्रहरी कार्यलयका मुद्धा फाँटको सई विरेन्द्र बोहोराले ५० हजार रुपैयाँ दिए सार्वजनिक मुद्धा चलाई दिन्छु भनेको उनले वताए । मैले ८ हजार मात्र दिए पनि २४ दिन सम्म प्रहरी थानामा राख्यो उनले गुनासो गदै भने ।
सामान्य घट्नालाई अंगभंगमा मुद्धा दायर गरी आफुलाई दुख दिएको वताए । आफ्नो ठाउँमा मान्छे नहुदा साह्ै दुख पाईदो रहेछ उनले भने । आफु सँग बसेकाहरुवाट प्रहरीले मनलागी पैसा असुल्ने गरेको उनको भनाई थियो । सबै भन्दा थोरै मैले दिएको हामी सँग प्रहरी हिरासतमा बस्नेहरुबाट ठुलो रकम प्रहरी उठाएको उनको भनाई थियो । इलाका प्रहरी कार्यलय इटहरीमा मुद्धा फाँटको इन्स्पेक्टर रामचन्द्र तिवारीले सम्हाल्दै आएका छन । पूर्व श्रीमती सँगको विवादमा पक्राउ परेका तरहराकै नवराज मैनालीले पनि आफुलाई प्रहरीले पक्राउ गरी ४० हजार मागेको वताए । तर आफुले पैसा नदिए पनि पक्राउ परेका अधिकांसबाट इलका प्रहर िकार्यलयको सेटिङमा पैसा उठिरहेको उनको भनाई थियो ।
छिटो मुद्धा जिल्ला प्रशासनमा बुझाई दिन्छु भन्यो मैले पैसा नदिदा १२ दिन राख्यो उनले भने । इटहरी प्रहरीले मनपरी गरीरहेको भन्दै सर्वसाधरणबाट पैसा खसुल्ने देखि इन्स्पेक्टर र डिएसपी सम्मलाई नै कार्वार्ही हुनु पर्ने उनको माग छ । इलाका प्रहरी कार्यलयमा सर्वसाधरणबाट जथाभावी रकम असुली गरीरहेको र केहि टाठाबाठाको मुद्धा मिलाउँन भन्दै लिएको पैसा सुचना चुहिने डरले फिर्ता गरेको उनको भनाई थियो । त्यस्तै कुटपिटको मुद्धामा इलाका प्रहरी कार्यलयमा पक्राउ परेका खनारका रामकुमार तुम्बाले मुद्धा फाटमा ३० हजार रुपैया मुद्धा मिलाईदिने भने पछि बुझाएका पछि उक्त रकम फिर्ता गरेको तुम्बाको परीवारले वताएको छ । त्यस्तै सोनापुरका एक विद्यार्थीलाई समेत प्रहरीले सामान्य झगडाको विषयमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराएको छ । ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता हुदा शारारिक अंगभंग भएको हुनु पर्ने भए पनि सामान्य झगडालाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको थियो । उनलाई पनि छिटो मुद्धा बुझाई दिने भन्दै सई बोहोराको माध्यामबाट २१ हजार रुपैया बुझाएको वताए ।
उनले भने म मात्र हैन हिरासतमा पुग्ने सबैले पैसा नबुझाए मुद्धा नै अगाडी बढ्दैन रहेछ । यता इटहरी १ कै हटिया लाईनमा कपडा पसल खोली बस्ने बर्ष ४९ को पंचदेव (खंग) मण्डलबाट पनि प्रहरीले पैसा लिएको छ । २५ हजार रुपैया लिएर छिटो मुद्धा मिलाई दिने भन्दै पैसा लिएको थियो । यता इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेशराज सुवेदीले सई वोहोराले पैसा उठाएको स्वीकार गरे । पिडितबाट पैसा जथाभावी मुद्धा मिलाईदिन्छु भन्दै लिएको उनको भनाई थियो । उनलाइै इलाका प्रहरी कार्यलयले निलम्वन समेत गरेको डिएसपी सुवेदीले वताए । उनले मुद्धा मिलाईदिन्छु भन्दै पैसा लिएको कुरा थाहा पाए सँगै उनले हतारहतार पिडितलाई पैसा फिर्ता पनि गरेको स्वीकार गरे । आफुले विभागिय कार्वार्ही सुरु गरेको वताउँदै उनले थप कार्वार्हीको लागी अञ्चल प्रहरी कार्यलय धरान पठाएको डिएसपी सुवेदीले वताए ।