unnamedविराटनगर / छुरा प्रहार गरी दुई युवकको हत्यामा संलग्न दश जना पुर्पक्षकालागि कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङले उनीहरुको मुद्दामा थुनछेकको बहस पछि पुर्पक्षकालागि कारागार चलान गरेको हो । मोरङ भोगटेनी ५ तुर्के भन्ने स्थानमा कार्तिक १७ गते राती हुर्रा नाच हेर्न गएको दुई समूहबीच झडप हुँदा स्थानीय केरावारी ९ का १७ वर्षिय सोनम गुरुङ र १५ वर्षिय दिपेन गुरुङको हत्या भएको थियो । हत्याका मुख्य अभियुक्त ध्वाँसे भनिने ३८ वर्षिय लिलबहादुर मल्ल ठकुरी, कपिल चेम्जोङ्ग, निश्चल मगर, सन्तोष विश्वकर्मा, बिक्रम मगर, उत्तम शाही, कुमार बस्नेत, सविन राई, आदित्य मगर र रुपन राईलाई प्रहरीले पक्राउ गरेको हो । पीडित परिवारले १० जना अभियुक्तको विषयमा किटानी जाहेर दिएको थियो , प्रहरीले जाहेरीमा उल्लेख भएका बसैलाइृ ४८ घण्टा भत्रिै विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको थियो । तयस मुद्दामा आरोप लागेकाहरु सबैलाई अदालतले पुर्पक्षमा राखि अनुसन्धान गर्न आदेश दिएको हो । उनीहरु बुधवार नै जिल्ला कारागार मोरङ चलान गरिएको छ ।