धरान/पाँच नम्बर प्रदेश टुक्र्याएको विरोधमा बिहानैदेखि बुटबलमा प्रदर्शन सुरु भएको छ ।

विद्यार्थी संगठनहरुले टुक्रयाएको विरोधमा यातायात ठप्प पारेका छन् भने बजार कलकारखाना, उद्योगसमेत ठप्प बनाएका छन् ।
संविधान संसोधन विधेयक दर्ता भएसँगै प्रदेशका विषयमा आन्दोलन सुरु भएको थियो । सरकारले संसदमा विधेयक दर्ता गराएको थियो । जसका कारण ४ र ५ नम्बर प्रदेशका आन्दोलन सुरु भएको थियो । पाँच नम्बर प्रदेश अखण्ड रहनु पर्ने भन्दै दवाव सुरु गरिएको हो ।
आन्दोलनमा अखण्ड प्रदेश नम्बर ५ प्रदेश दबाब अभियान लुम्बिनी तथा नेसिबसंघ, अनेरास्वियु, अखिल छैठौं लगायतका बिद्यार्थी संगठनहरुले संयुक्त बन्द गरेका छन् । आज बिहानैबाट बुटवल बहुमुखि क्याम्पस मिलनचोक, राजमार्ग चौराहा लगायतका स्थानमा प्रर्दशन भएको छ ।