धरान/धरान–१३ फुस्रेमा सोही ठाउकै २८ वर्षीय मणीकुमार राईको शंकास्पद अवस्थामा शव फेला परेको छ । [caption id="attachment_20439" align="alignnone" width="494"]dead body तस्बिरः दिलिप चाम्लिङकाे फेसबुकबाट[/caption] उनको शवलाई पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । धरान–१३ राईटोलका राईको मृत्यु अत्यधिक मादक पदार्थ सेवन गरेर लडेको कारण हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । तर, स्थानीयहरुले भने उक्त मृत्यु हत्या हुन सक्ने आशंका गरेका छन् । राईको पछिल्तिरको ढाँडमा तछारिएको र टाउको ढुंगामा ठोकिएको अवस्थामा फेला परेको एक स्थानीयले नाम नछाप्ने शर्तमा बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले भने उक्त घटना मापासे सेवन गरेका कारण अनियन्त्रित भई टाउको ढुंगामा ठोक्किएर मृत्यु भएको प्रारम्भिक अनुसान्धानले देखाउने बताए । ‘बाहिरबाट हेर्दा मृत्युको कारण मापासे खाएर ढुंगामा ठोक्किएपछि मृत्यु भएको देखिन्छ ।’ उनले भने, ‘भित्री कारण पोष्टमार्टमको रिपोर्टमा आउँला ।’ मृतक राई दैनिक मापासे गरेर हिड्ने गरेको स्थानीयबासीहरुलेसमेत बताए । उनी दैनिक ज्याला मजदुरी गरेर पेट पाल्दै आएको बताइन्छ ।