धरान/संविधान संसोधन गरेर मधेशको मुद्दा सम्बोधन गर्नु पर्ने पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले बताएका छन् । [caption id="attachment_20398" align="alignnone" width="1024"]filter फिल्टर वितरण गर्दै अतिथिहरु । तस्बिरः भोजराज श्रेष्ठ[/caption] सुनसरी क्यासेट इण्डष्ट्रिज प्रालिले धरानमा सोमबार ४० थान फिल्टर वितरण गर्ने क्रममा नेता शर्माले अहिलेको समस्या भनेको संविधान संसोधन गरेर मधेशको मुद्दा सम्बोधन गर्नु पर्ने बताएका हुन् । उनले राष्ट्र हित गर्ने कुरामा कसैले पनि बाधा, अड्काउ गर्नु नहुने त्यसमा सबैले भूमिका खेल्नु पर्ने बताए । उनले यसका लागि कांग्रेस देशकै ठूलो पार्टी भएकाले उसको पहिलो भूमिका हुने त्यसपछि एमाले र अनि माओवादी केन्द्रको सहकार्यत्मक भूमिका रहने बताए । उनले मधेशको मुद्दाहरु उठाएर संविधान संसोधन गर्नु राष्ट्रघात नहुने बताए । ‘मधेशका मुद्दालाई लिएर संविधान संसोधन गर्नु भनेको राष्ट्रघात होइन् ।’ उनले भने, ‘यो बेला सबैले राष्ट्रिय हीतको कुरा गर्ने बेला हो ।’ उनले कमिसनको चक्करमा ठूला ठूला राष्ट्रिय गौरबको आयोजनाहरु तुहिने गरेको आरोप लगाए । प्रालिका अध्यक्ष एवं गायक राजु ढकाललाई समाजको लागि अनुकरणीय कार्य गरेको भन्दै प्रशंसासमेत गरेका थिए । त्यस्तै रिपोर्टस् क्लवका अध्यक्ष एवं सञ्चारकर्मी ऋषी धमलाले गायक राजु ढकालजस्तै सबै नेपालीहरुले स्वच्छ पानी पिउन पाउने वातावरण सिर्जना गर्नु पर्ने बताए । उनले देशलाई सम्पन्न बनाउन, गरिवहरुलाई सम्पन्न बनाउनको लागि ढकाल जस्तै समाजसेवा गर्नु पर्ने बताए । गायक ढकालले सिराहा गोलबजार–३ स्थित मुसहरर्निया गाउँलाई ४० थान फिल्टर प्रदान गरेका छन् । सिराहाबाट प्रतिनिधिका रुपमा आएका दीपेश लामालाई उक्त ४० थान फिल्टर प्रदान गरिएको छ । स्वर्गीय ओमनाथ गेलालको स्मृतिमा बलबहादुर गेलालले २५ थान, स्वर्गीय सरस्वती ढकालको स्मृतिमा गायक ढकालले १० थान र स्वर्गीय खेमकला लिम्बूका छोरा एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूले ५ थान फिल्टर वितरण गरेका थिए । आजैका दिन धार्मिक तिर्थाटनहरुमा पुगेर पितृहरुको नाममा सदविउपलविउ छर्ने गरिएको छ । त्यही अवसर पारेर गायक ढकालले ‘स्वच्छ पानी पिऊ, स्वस्थ्य जीवन पाउँ’ भन्ने नाराका साथ फिल्टर प्रदान गरेको बताए ।