धरान/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान साझा बसको उद्घाटन गर्दै त्यही बसमा चढेर सिंहदरबार प्रवेश गरेका छन् । sajha pm उनको साथमा मन्त्रीहरुसमेत सिंहदरबार पुगेका थिए । साझाले ल्याएको ३० वटा नयाँ बसहरुको औपचारिक सुभारम्भ गर्नको लागि प्रधानमन्त्री प्रचण्ड पुल्चोक पुगेका थिए । औपचारिक सुभारम्भपछि भने मन्त्रीसहित प्रधानमन्त्री प्रचण्ड सिंहदरबार पुगेका थिए । प्रम प्रचण्डले सार्वजनिक सवारी साधनमा साझाले महत्वपूर्ण भूमिका खेल्न सफल भएको भन्दै खुलेर प्रशंसा गरेका थिए । बसमा चढेर सिंहदरबार पुग्नुलाई कतिपयले प्रशंसा गरेका छन् भने कतिपयले प्रोपोगाण्डा भन्दै आलोचना गरेका छन् ।