mapपाँचथर/प्रस्तावित याङ्वरक गाउँपालिकाको केन्द्रप्रति असहमति जनाउँदै तीन गाविसका जनताले आन्दोलन गर्ने उद्घोष गरेका छन् ।बिहीबार फिदिममा पत्रकार सम्मेलन गर्दै ओयाम, च्याङथापू र फलैंचाबासीले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् । जिल्लाको फलैंचा, च्याङथापु, ओयाम, थर्पु र नागी गाविसलाई मिलाएर प्रस्ताव गरिएको याङ्वरक गाउँपालिकाको केन्द्र थर्पू÷मान्द्रेनी उल्लेख गरिएको छ ।

जुन आपैmंमा विवादास्पद रहेको नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य समेत रहेका ओयामका सुवास योङ्याले बताए ।स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिले आयोगमा सिफारिस गरेको प्रस्तावित याङ्वरक गाउँपालिकाको सेन्टर ओयामको मन्द्रेनी पर्ने भएकाले सोही ठाउँलाई केन्द्र तोक्नपर्ने योङ्याले माग गरे । भौगोलिक बनावट र दूरीको हिसाबले थर्पू केन्द्र हुनै नसक्ने भन्दै नेपाली काङ्ग्रेसका पूर्व जिल्ला उपसभापति समेत रहेका च्याङथापूका राजेन्द्र तिम्सिनाले आपूmहरुको कुरा नसुनिए जस्तोसुकै मूल्य चुकाउन पनि पछि नहट्ने चेतावनी दिए ।

गाउँपालिकाको केन्द्रप्रति पुनर्विचार गरी फेरबदल गरी पठाउन जिल्ला प्राविधिक समितिलाई पटक–पटक आग्रह गर्दा पनि आलटाल गर्दै आएकाले आन्दोलनमा ओर्लिनु परेको ओयामका अमृत योङ्याको भनाइ छ । प्राविधिक सहयोग समिति र जिल्लास्थित दलका शीर्षस्थ नेताहरुले एकलौटी ढङ्गले स्थानीय तह विभाजन गर्दा र केन्द्र तोक्दा स्वयम् कार्यकर्ता नै असन्तुष्ट भई जिल्लामा पुनःसंरचनाको किचलो उत्कर्षमा पुगेको छ ।