mirtuझापा/झापाका छुट्टाछुट्टै स्थानमा शुक्रबार चारवटा शव फेला परेका छन् । दमक इलाका प्रहरी कार्यालयका अनुसार दमक, तोपगाछी र गौरादहमा दुई महिलासहित ती शव फेला परेका हुन् । तीन दिनदेखि बेपत्ता दमक–४ का मनकुमार कार्की दमकस्थित भालुखोलाका कल्भर्टमुनि पानीमा डुबेर घाँटी बाँधिएको अवस्था शुक्रबार दिउँसो मृत फेला परेका हुन् । त्यसैगरी तोपगाछी–५ की रोजिना राई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । गौरादह–४ की डिकमाया सुब्बा शुक्रबार नै आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । दमकको भुटानी शरणार्थी शिविर बेलडाँगी–२ छाप्रो नं १० का पदम गजमेर पनि मृत फेला परेको दमकका डीएसपी राजन लिम्बूले जनाए ।