15134625_1459714954058627_7500812625140311863_nभद्रपुर  / प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले संसदले निर्वाचन कानुन दिएको चार महिना भित्र निर्वाचन गराउन सकिने बताएका छन् । राजनैतिक दलको लडाई भइरहे पनि कानुन ,मिति र सहमत भएमा निर्वाचन गराउन कुनै कठिनाई नहुने भन्दै यो वर्ष भित्र दलहरुले भने बमोजिम निर्वाचन असम्भव रहेको प्रमुख आयुक्त यादवले उल्लेख गरेका छन् । राजनीतिक दल तथा विभिन्न सरोकारवालाहरुसँग निर्वाचन सम्वन्धि विविध विषयमा शुक्रवार आयोगले झापाको भद्रपुरमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता गर्दै यादवले यस्तो धारणा सार्वजानिक गरेका हुन् । संवैधानिक र कानुनी मान्यतालाई टेकेर आयोग शक्तिशाली हुने प्रयास गरिरहेको जानकारी गराउदै संविधान भन्दा वाहिर गएर कुनै पनि विषय भन्न नसकिने उनको वुझाइ थियो । स्थानीय निकायको निर्वाचन नभएकाकारण स्थानीय निकायमा आउने करोडौं रकमको कुनै हिषाव किताव नभएकोप्रति उनले गुनासो गरेका थिए । गरिब देशमा निर्वाचन महंगो नबनाउन अनुरोध गर्दै अव हुने निर्वाचनमा मतदान केन्द्रमानै मत गणना हुनुपर्ने धारणा अघि सारेका छन् । मत पेटिका लिएर शहरमा थुपार्ने परिपाटिले सवैलाई असहज भएको उल्लेख गर्दै ओसार पसारमा करोड भन्दा माथी खर्च हुने भएकोले यसलाई सुधार गरिनु पर्ने उनको जिज्ञासा थियो । अर्को प्रशंगमा उनले हालको अवस्थामा ब्रेनलिपीको मत पत्र उपलब्ध गराउन नसकिने भएकोले इलोक्ट्रोनिक भोटिङ् मेशिनको सुरुवात भएमात्र यसको समाधान हुने जनाएका छन् । हालसम्म ५० स्थानमा अपाङ्ग मैत्री मतदान केन्द्रको निर्माण भइसकेको र अन्य स्थानमा जारी रहेको बताए । नेपालका ३५ लाख मतदाता विदेशमा रहेकोले यसको समधानका लागी छलफल जारी रहेको बताएका छन् । आयोगका उपसचिव देशबन्दु अधिकारीले निर्वाचन सम्बन्धि विभिन्न विषयको प्रस्तुतीकरण गरेका थिए । उनले नेपालको संविधानमा निर्वाचन सम्बन्धि व्यवस्था,निर्वाचन आचार सहिंता ०७२ र प्रस्तावित निर्वाचन आचार सहिंता अनुगमन निर्देशिका,स्थानीय तहको निर्वाचन लक्षीत नमुना मतदान कार्यक्रम जस्ता महत्वपुर्ण विषयमा प्रस्तुत् प्रस्तुतिकरण मार्फत जानकारी गराएका थिए ।