धरान/एमालेले संविधान संसोधनको विषयमा स्पष्ट धारणा सार्वजनिक नगरेपछि उक्त विषयमा सहमति जुटाउनको लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताबीच छलफल भइरहेको छ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका नेता प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका हुन्। यता एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा एमाले पनि रहेको भन्दै त्यस विषयमा गम्भिर हुन चेतावनी दिएका छन् । उनले के का लागि संसोधन ? भन्दै अन्य दलहरुलाई प्रतिप्रश्न गरेका छन् ।
बैठकमा उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि, कृष्णबहादुर महरा, माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश र मन्त्री रमेश लेखक पनि सहभागी छन्।