chitra_धरान/राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा सहकारी मन्त्री चित्रबहादुर केसी बुधबार गुडिरहेको माइक्रो बसबाट लडेका छन् । उनी कपनस्थित पार्टी कार्यालय जाने क्रममा माइक्रोबसबाट लडेर घाईते भएका छन् ।

उनको टाउको र ढाडमा चोट लागेको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको पारीवारीक श्रोतले जनाएको छ।केसी माइक्रो बसको ढोका छेउको सिटमा बसेका केसी घुम्तीमा अचानक लड्न पुगेको अन्य यात्रीलाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।उनको अबस्था अहिले सामान्य रहेको भतिज हिरा केसीले बताए ।