bharuwaधनकुटा/ प्रहरीले धनकुटाको परेवादिन गाविस–४ बाट सोमबार भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ ।

परेवादिन–४ का ४० वर्षीय बिर्खबहादुर तामाङ र ५० वर्षीय वीरबहादुर तामाङको घरमा लुकाएर राखेको अवस्थामा २ थान भरुवा बन्दुकसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पक्राउ परेका दुवैजनालाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।