Kanchanjanga_peak_-1024x768सङ्खुवासभा/राष्ट्रपति विद्यादेवी भण्डारीले मकालु हीरक महोत्सवको सोमबार एक विशेष समारोहबीच उद्घाटन गरेकी छन् । सो समारोहमा राष्ट्रपति भण्डारीले लालीगुराँसको राजधानीका रूपामा परिचित तथा विश्वकै अग्लामध्येको एक प्रमुख मकालु हिमालसमेत रहेको सङ्खुवासभा जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरिन् ।

 उनले योजनाबद्ध एवम् व्यवस्थित ढङ्गबाट पर्यटन प्रवद्र्धन गरी बढीभन्दा बढी बाह्य पर्यटक भियाएर स्थानीय जनताको जीवनस्तर उकास्न सम्बद्ध पक्षको ध्यान जानुपर्ने बताइन् ।देशलाई अहिले शान्ति र राजनीतिक स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले मुलुकको समुन्नत एवम् दिगो विकासका लागि हिमाल, पहाड र तराईका जनता एकढिक्का हुनुपर्ने समय आएको बताइन् ।पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटन क्षेत्रको विकास एवम् बिस्तारबाट मुलुकले प्रशस्त आयआर्जन गर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै पूर्वी नेपालस्थित मकालु हिमाल क्षेत्र आरोहणका क्रममा उठ्ने राजश्वबाट एक करोड ५० लाख रकम सङ्खुवासभा जिल्ला विकास समितिमा तत्काल निकासको व्यवस्था मिलाइने जानकारी दिए ।सांसद तारामान गुरुङ र नेकपा (एमाले) का केन्द्रीय सदस्य राजेन्द्र गौतमले पर्यटकीय दृष्टिले सङ्खुवासभा जिल्लाको भविष्य उज्ज्वल रहेको धारणा व्यक्त गर्दै पर्यटन प्रवद्र्धनमा सरकारका तर्पmबाट आवश्यक सहयोग प्राप्त हुनुपर्ने बताए ।

महोत्सव मूल समारोह समितिका संयोजक मिङ्मा शेर्पाले मकालु क्षेत्रको दिगो विकासमा सम्बद्ध सबै क्षेत्रको सहयोग प्राप्त हुने अपेक्षा गरे ।जापान, संयुक्त अधिराज्य लगायतका देशका पर्यटकसहित उल्लेख्य जनसहभागिता रहेको सो समारोहमा स्थानीय साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने स्थानीय कृषि प्रदर्शनी मेलासमेत आयोजना गरिएको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण चिचिला बजार सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट चार कोस उत्तर दिशामा पर्दछ ।