धरान /धरान –४ स्थित लक्ष्मी चौकमा आइतबार साँझ एक युवामाथि छुरा प्रहार गरि फरार रहेका दुइ अभियुक्तालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।आइतबार बेलुका धरान –४ स्थित लक्ष्मि चौकमा आफ्नै साथीलाई छुरा प्रहार गर्ने धरान –१६ का बर्ष २०का राजु नेपाल र किस्मन राई लाई पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
छुरा प्रहारबाट घाईते भएका धरान –१६ का १८ बर्षिय सनम ढकालको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए । दुई साता अघिपनि धरान ४ मै छुरा प्रहराबाट एक युवाको हत्या भएको थियो ।