भद्रपुर/जंगली हात्तीको आक्रमणबाट झापामा आइतबार फेरी एक महिलाको ज्यान गएको छ ।झापा शरणामति–४वस्ने ६० वर्षीय झुमा देवी भट्टराईको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहान करिब ११ बजे घर नजिकै रहेको रानी सामुदायिक बनमा घाँस काटिरहेका बेला चार पाँच वटाको संख्यामा आएका जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।
करिव दुइ महिना भित्र झापाको वाहुण्डागी,गरामनी र शरणामतिमा गरी तिन जनाको हात्तीको आक्रमण वाट ज्यान गएको छ ।