इलाम/ सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका छवटा छोटी भन्सार कार्यालय अभैm पनि पुनःस्थापित नहुँदा राजश्व चुहावट नियन्त्रण हुन सकेको छैन ।द्वन्द्वका समयमा असुरक्षाको कारण देखाउँदै विस्थापित छोटी भन्सार पुनःस्थापना नभएपछि खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करीसमेत बढेको छ ।

paisa

मेमेङ, च्याङ्थापु, छिरुवा, बन्दुके, माइमझुवा र छव्बिसे छोटी भन्सार कार्यालय अहिलेसम्म पुनःस्थापना हुन नसकेका हुन् । विस्थापित भएका छोटी भन्सार कार्यालयमध्ये अहिले मानेभञ्ज्याङ र तुम्लिङ पुनःस्थापित भएको पशुपतिनगर भन्सार कार्यालयले जनाएको छ । छोटी भन्सार कार्यालय पुनःस्थापना नभएपछि लत्ताकपडा, निर्माणका सामग्री, विद्युतीय सामान, सवारीसाधनका पार्टपुर्जा र पेट्रोलियम पदार्थको चोरी निकासी बढेको स्थानीयवासी बताउँछन् । बिना भन्सार निर्यात भएका सामग्री इलामका ग्रामीण सडकहुँदै रातारात इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने गरेका छन् ।नेपालतर्पm छिर्ने तीन सयभन्दा बढी अवैध गोरेटो बाटा भएकाले तस्करले भन्सार छलेर भारतीय सामान नेपाल भिœयाउने गरेका छन् । तस्करले रातको समयमा सामान भियाउने गरेकाले नियन्त्रण गर्न कठिनाइ भएको भन्सार कार्यालयले जनाएको छ । सडक मर्मत नहुदा यात्रुलाई सास्ती वर्षायाममा क्षतिग्रस्त जिल्लाका ग्रामीण सडक अभैmसम्म मर्मत नहुँदा यात्रु समस्यामा परेका छन् । सदरमुकामबाट गाउँ जोड्ने कच्ची सडक समयमै मर्मत नहुँदा यात्रु समस्यामा परेका हुन् । सडक मर्मत नहुँदा बाँझो र साकफाराबाट झापाको दमक, बिर्तामोड छिचोल्दै सदरमुकाम पुग्नुपर्ने बाध्यता कात्तिक महिनासम्ममा पनि अभैm हटेको छैन । गत वर्षबाट कच्ची सडक खुलेको बाँझो लारुम्बा माङ्सेबुङसम्मको बाटो मर्मत नहुँदा झापाहुँदै सदरमुकाम इलाम बजार आउनुपरेको स्थानीयवासी जितेन पन्धाक बताउँछन् । क्षतिग्रस्त ग्रामीण सडक निर्माणका लागि सरकारी निकायले चासो नदिँदा दशैं–तिहारजस्ता चाडपर्वमा समेत स्थानीयवासी नागरिक किनमेल तथा बिरामी पर्दा पैदल हिँड्न बाध्य भएका थिए । इलाममा भएका एक सय बढी कच्ची सडकमध्ये ३० वटा सडकको मात्र जिविसले गाविसमार्फत मर्मत शुरु गरेको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताए ।