
भाेजपुर/ पहाडी जिल्ला भोजपुरको सदरमुकामा भोजपुर बजारमा भीषण आगलागी भइरहेको छ ।आइतवार अपरान्ह पौने पाँच बजेबाट आगलागि सुरु भएको भोजपुर प्रहरीले जनाएको छ ।भोजपर सदरमुकाममा रहेको मिलन ज्वेलसबाट आगलागि सुरु भएको बताइएको छ । अहिले सम्म आगलागिबाट ८ घर जलिसकेको जानकारी प्राप्त भएको छ । आगलागि अप्रत्यासीत रुपमा फैलिरहेको स्थानियले जनाएकाे छ । आगलागी भएको स्थानसम्म दमकल जान मुस्कील भएकाले आगालागी नियन्त्रणमा लिन कठिनाई भएको जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ । आगलागि नियन्त्रणमा लिन सेना,प्रहरी तथा स्थानियहरु जुटिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरको कन्ट्रोल रुमले जानकारी दिएको छ ।