धरान/धरान –४ स्थित लक्ष्मी चौकमा एक युवामाथि आइतबार छुरा प्रहार भएको छ ।छुरा प्रहारबाट घाईते भएका धरान –१६ का १८ बर्षिय सनम ढकालको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
छुरा प्रहार गर्ने धरान –१६ कै बर्ष २०का राजु नेपाल र किस्मन राई फरार रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । फरार अभियुक्तहरुको खोजीइ भइरहेको प्रहरीले जनाएको छ । उनीहरु बिच भएको सामान्य बिबादकै क्रममा पेटमा छुरा हानीएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए । घाईते ढकालको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।