-
Home
-
पूर्व
-
भारतीय व्यापारीको गाेली हानी हत्या
भारतीय व्यापारीको गाेली हानी हत्या
- मंसिर ५, २०७३
- ब्लाष्ट खबर
इनरुवा/सुनसरीको प्रकाशपुर गाविस–१ को बीच जङ्गलमा एकजना व्यापारीको शनिबार साँझ गोली हानी हत्या भएको छ ।
भारतबाट व्यापारको सिलसिलामा नेपालतर्फ आएका भारतको अररिया घुर्ना घर भएका मोहमद सिद्धकीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
सिद्धकीको हत्या भएको ठाउँबाट एउटा गोलीको खोका भेटेको र घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए। रासस