इटहरी /इटहरीको पर्यटकीय क्षेत्र तालतलैया क्षेत्रमा रहेको पोखरीमा डुवेर आइतबार एक युवकको मृत्यु भएको छ ।
आइतबार दिउँसो तीन बजेतिर पोखरीमा पौडी खेल्ने क्रममा डुबेर इटहरीस्थित आँपगाछी घर भएका १६ बर्षिय प्रिन्स श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार वेहोस भएका युवकलाई उपचारका लागि विराटनगर लगिएको थियो ।उनको बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।