चतरा /सुनसरीको चतरा वराहक्षेत्र सडक मर्मत सम्भार नहु“दा धार्मिक पर्यटक र स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडक मर्मत सम्भार नभएकै कारण वर्षेनी लाग्ने धार्मिक पर्यटकीय मेलामा भक्तजनहरुको संख्यामा कमि आउन सक्ने स्थानीय चिन्ता व्यक्त गरेका छन् । मेला व्यवस्थापन र सडक मर्मतसम्भार गर्ने निकाय वृहत्तर वराहक्षेत्र विकास समितिले काम गर्न ढिलाइ गरेका कारण सडक अझै मर्मत हुन नसकेको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष नरबहादुर राईले बताए ।
‘स्थानीय निकाय र जिम्मेबार संस्थाले नै ढिलासुस्ती र लापरवाही गरेपछि मेला सुक्ने अवस्थामा पुगेको छ ’ मञ्चका अध्यक्ष राईले भने, ‘बेला हु“दै मर्मत सम्भार गरेको भए यस्तो अवस्था आउ“दैनथ्यो ।’वर्षेनी आधादर्जन बढी स्थानीय र पर्वका अवसरमा लाग्ने वराहक्षेत्र मेला सम्बन्धित निकायको विकासे आ“खा नपुग्दा सुगम जिल्लाको दुर्गम क्षेत्र हुन पुगेको युवा पण्डित योगेश भण्डारी (वराहक्षेत्र) बताउ“छन् । ‘आन्तरिक, बाह्य धार्मिक पर्यटकहरुको ओइरो लाग्ने यो क्षेत्र सडक बाटोकै असुविधाले दुर्गम बन्न पुगेको छ ।’
युवा पण्डित भन्छन्, ‘राज्यको नीति भए पनि स्थानीय र सरोकारवाला निकायले संवेदनशीलता नबुझ्दा पर्यटकीय क्षेत्र अपेक्षित विकास हुन सकेको छैन ।’धरानदेखि २१ किलोमिटर पश्चिम उत्तरमा पर्ने प्रसिद्ध तीर्थस्लथ वराहक्षेत्र पुरानो व्यापारिक केन्द्र चतरादेखि सात किमिको दूरीमा पर्छ । हरिबोधनी एकादशी मेलाका रुपमा प्रसिद्ध कार्तिके मेला आगामि २५ गतेदेखि लाग्ने भएपनि दुई दिन बा“की रह“दासम्म सडकको अवस्था जीर्ण रहेको स्थानीय बताउ“छन् । ‘हामीले पहिले नै सडक मर्मत सुरु गरौ“ भनेका थियौ“, समय बा“की छ भन्दै आलटाल गर्ने काम भयो ।’ वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष नरबहादुर राई भन्छन्, ‘अब दुई दिनमा कति बाटो मर्मत हुन्छ र ?’ स्थानीय निकायको अनुगमन धार्मिक तथा पर्यटकीय कार्तिके मेला सुरु हुन दुई दिन बा“की रह“दा स्थानीय निकाय वराहक्षेत्र गाविसका प्रमुख तथा राजनीतिक दलहरुले अनुगमन गरेका छन् । सोमबार वराहक्षेत्र गाविसका सचिवसहितको राजनीतिक दलका नेतृत्वले चतरा–वराहक्षेत्र सडक खण्डको अनुगमन अवलोकन गरे । अवलोकनपछि गाविस सचिव हीरालाल विकले सडक जोखिमपूर्ण रहेको भन्दै कार्तिके मेला व्यवस्थापन गर्ने र सडक मर्मतको जिम्मा लिएको निकायले ढिला गरेको प्रतिक्रिया दिए ।राज्यको आधिकारिक निकाय वृहत्तर वराहक्षेत्र विकास समितिले बेलैमा काम सुरु नगरेकै कारण समस्या आएको माओवादी केन्द्रका नेता तुलसी पाण्डे बताउ“छन् । वृहत्तर वराहक्षेत्र विकास समितिको गठन अघि जिविस, गाविसले मर्मत सम्भार र व्यवस्थापन गरेको भएपनि समितिको गठनपछि सडक मर्मत सम्भार हुन नसकेको स्थानीयको आरोप छ । स्थानीय निकायको रुपमा रहेको गाविसले अनुगमन गर्न जा“दा जनताको गाली खानु परेको भन्दै नेपाली कांग्रेसका वराहक्षेत्र इकाइका सभापति नारायण नेपालले सरोकारवालालाई दोष दिनु बाहेक केही उपाय नरहेको बताए । ‘हामीले पहल गरेकै हौ“, काम गर्ने जिम्मा पाएको निकाय उदासिन बनेपछि हाम्रो के लाग्छ ?’
सडक विभागलाई मर्मत सम्भारको जिम्मा वराहक्षेत्र धार्मिक पर्यटकीय मेलासम्म पुग्ने चतरादेखि वराहक्षेत्रको जीर्ण सडक निर्माण गर्न सडक विभाग लाग्ने भएको छ । सोमबार वराहक्षेत्र गाविसमा बसेको वृहत्तर वराहक्षेत्र विकास समितिको सर्वपक्षीय भेलाले सडक विभागलाई मंगलबारदेखि सडक निर्माण गर्न भनेको छ । मेला लाग्न दुई दिन समय बा“की रह“दा सडक विभागलाई ७ किलोमिटर सडक मर्मत गर्न जिम्मा दिइएको वृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष विष्णु भट्टराईले जानकारी दिए ।गाविसका सभाहलमा भएको बैठकमा स्थानीयले अस्तव्यस्त र अव्यवस्थित सडक तत्काल निर्माण गर्न, तीर्थ यात्रीको सुरक्षाको ग्यारेन्टी गर्न, बस पार्किङको व्यवस्था गर्न वृहत्तर वराहक्षेत्र विकास समितिको ध्यानाकर्षण गराएका थिए । मेला व्यवस्थापनका लागि समिति सोमबार वराहक्षेत्र गाविसको सभाहलमा भएको राजनीतिक दल, स्थानीय र सरोकारवाला निकायहरुको भेलाले सुनसरीका योजना अनुगमन तथा प्रसासकीय अधिकृत शिवकुमार निरौलाको अध्यक्षतामा कार्तिके मेला व्यवस्थापन मूल समिति गठन गरेको छ । समितिअन्तर्गत स्थानीय राजनीतिक दल, वृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष, सुरक्षा निकाय, यातायात व्यवसायी, उद्योग वाणिज्य संघ, सरोकारवाला निकाय र सञ्चारकर्मीहरु रहेको उपसमिति समेत गठन गरिएको वराहक्षेत्र गाविस सचिव हिरालाल विकले जानकारी दिए । तस्विर- नवराज बिष्ट /ब्लाष्टखबर