देउसीको पैसाले अपाङलाई खाद्यान्न
- कार्तिक २१, २०७३
- ब्लाष्ट खबर
धरान/धरान–१५ स्थित त्रिवेणी महिला समूहले देउसी खेलेको रकमले अपाङ असहायहरुलाई खाद्यान्न वितरण गरेको छ ।
धरान–४ को अपाङ पुनस्र्थापना गृह र सुनसरी पकलीको रामजानकी वृद्धा आश्रममा आश्रित अनाथ, असहाय वृद्धाहरुलाई खाद्यान्न, लत्ताकपडा, फलफूल र मिठाई वितरण गरेको हो । समूहले १७ हजार रुपैया बराबरको सामग्रीहरु दुबै संस्थामा रहेका अनाथ, अपाङ असहायहरुलाई सहयोग गरेको समूहकी अध्यक्ष चुङ शेर्पाले जानकारी दिइन् ।
देउसी भैलो खेलेको रकम सामाजिक कार्य गर्दै सेवा मूलक कार्यमा खर्च गर्ने उद्देश्यले अनाथ, असहायहरुलाई सहयोग गरिएको उनले बताइन् । समूहले सेवा नै धर्म हो भन्ने नाराका साथ काम गर्ने गरेको छ । विरतण कार्यक्रममा समूहका पदाधिकारीसहित देउसी खेलेका महिलाहरु पुगेर सहयोग गरेका थिए ।