budhaधरान/ सुन्दर नगरी धरानलाई पूर्वाञ्चलकै पर्यटकीय नगरको रुपमा विकास गर्न धरान उपमहानगरपालिकाको पहलमा भेडेटारको छोटीमोरङ गाउँमा ‘टेन थाउजेन्ड बिग बुद्ध’ को स्थापना हुने भएको छ ।

सो मूर्तिको शिलान्यास आगामी मङ्गलबार सभामुख ओनसरी घर्ती मगर र थाइल्यान्डका राजगुरुबाट संयुक्त रुपमा हुने भएको छ । सो कार्यक्रममा स्वास्थ्य मन्त्री, स्थानीय विकास राज्यमन्त्री, वनमन्त्री, बर्माका राजदूत, हङकङबाट एनआरएनका केन्द्रीय सल्लाहकार धन थापा, प्रदीप थापालगायत थाइल्यान्ड र नेपालका वरिष्ठ बौद्धगुरुहरु उपस्थित रहने भएका छन् ।

कार्यक्रमलाई भव्य बनाउन धरान उपमहानगरपालिकाको संयोजकत्वमा ५० सदस्यीय मूल समिति र उप महानगरपालिकाकै संयोजनका १३ सदस्यीय स्टेयरिङ समिति पनि गठन गरिएको छ ।