05112016042756saptari-1000x0सप्तरी / स्थानीय तह पुनर्संरचनासम्बन्धी छलफल सप्तरीमा मधेसवादी दलले अवरोध गरेका छन् । अवरोधले छलफल नै रोकिएको छ । स्थानीय तह पुनर्संरचनासम्बन्धी प्रतिवेदन बुझाउने अन्तिम दिन शनिबार जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा आयोजित छलफल कार्यक्रममा मधेसवादी दलका कार्यकर्ताहरुले नाराबाजी गर्दे माइन्युट च्यातेका छन् । स्थानीय तह पुनर्संरचनासम्बन्धी प्राविधिक समितिका सदस्यसचिव तथा जिविस सप्तरीका योजना अनुगमन तथा प्रशाकीय अधिकृत धिरेन्द्रकसुमार यादवले मधेसवादी दलको अवरोधका कारण कार्यक्रम स्थगित गरेको जानकारी दिए । जिल्लामा क्रियाशील सबै राजनैतिक दलका प्रतिनिधिहरुलाई बोलाएर शनिबार अपरान्ह जिविस सभाकक्षमा पुनर्संरचनाबारेको छलफल सुरु गरिएको थियो । मधेसवादी दलका नेताहरुले सिमांकनको टुंगो नलागेसम्म पुनर्संरचना कार्य गर्न नदिने भन्दै निर्णय पुस्तिका च्यात्दै अवरोध गरेका थिए । यसअघि पनि सप्तरीमा स्थानीय तह पुनर्संरचनासम्बन्धी छलफलमा मधेसवादी दलका कार्यकर्ताहरुले अवरोध गरेका थिए । कार्यक्रम विथोलेपछि मधेसवादी दलका कार्यकर्ताहरुले जिविस परिसरसहित राजविराज नगर क्षेत्रमा नाराबाजी गर्दे स्थानीय निकाय पुनर्संरचनासम्बन्धी कार्यप्रति विरोध जनाए ।