[caption id="attachment_18555" align="alignleft" width="500"]ag कृष्णकुमार अग्रवाल (सञ्चालक) लाइफ केयर फार्मेसी [/caption]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र सञ्चालनमा रहेको लाइफ केयर फार्मेसीसँग सम्बन्धित धेरै समाचार ब्लाष्टमा यसअघि नै सार्वजनिक भएका छन् । यसै विषयमा लाइफ केयर फार्मेसीका सञ्चालक कृष्णकुमार अग्रवालसँग ब्लाष्ट प्रतिनिधिले गरेको कुराकानीको अंश ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानभित्रबाट फार्मेसी हटाउनु भनेर पत्र दिदासमेत तपाईहरु नहट्नुको कारण के हो ? – हामी प्रतिष्ठानबाट हट्न तयार छौं । हामी हट्दैनौं कहिले भनेका छौं र ? प्रतिष्ठानले फार्मेसी हटाउनू भनेर पत्र दिएको हो । प्रतिष्ठानले आपैंm औषधि पसल सञ्चालन गर्ने भनेपछि हामीले प्रतिष्ठानले तयारी पूरा नगरुञ्जेल हामीलाई सञ्चालन गर्न दिनुस् भन्ने आग्रह गरेका छौं । प्रतिष्ठानभित्र हाम्रो झण्डै पा“ँच करोड बराबरको औषधिहरु स्टक छ, त्यसलाई व्यवस्थापन गर्न र पब्लिकस“ग भएको लाईफ केयरको बाँकी बक्यौता उठाउन हामीले समय मागेका हौं, अरु कुनै कारण हैन ।

तपाईहरु बलजप्mती बस्नु भएको आरोप छ नि ? हामी कसरी चैं बलजप्mती बसेका हौं र, प्रतिष्ठानले २०६८ सालमा गरेको सम्झौता २०७१ सालमा सकिएको छ । सम्झौता सकिएको केही समयपछि सरकारले अस्पताल आपैंmलाई औषधि पसल सञ्चालन गर्न निर्देशन दियो । त्यसपछि बीपीले अर्को टेन्डर गर्ने कुरा आएन । त्यसपछि हामीले बीपीलाई २०७२ असारमै पत्र लेखेर प्रतिष्ठान आपैंmले फार्मेसी चलाउने तयारी पूरा नगरेसम्म हामी सञ्चालन गर्छौं भनेर पत्र दिएका छौं । हामीलाई कसरी बलजप्mती बसेको भन्न मिल्छ र ? सम्झौता सकिएपछि पनि हामीले मासिक भाडा तिरिरहेकै छौं, बीपीले पनि भाडा लिइरहेकै छ, यसलाई कसरी बुभ्mने † बीपीले भाडा नलिएर हट्नु भन्यो भने हामीले हट्नै पर्छ, हट्छौं पनि ।

अनि एउटै भाडा दरमा यत्तिका वर्षसम्म चलाउन पाइन्छ त ? बीपीको आप्mनै पूर्ण संरचना तयार नहुञ्जेलसम्म भाडा वृद्धि गरेमा हामी तिर्न तयार छौं । हैन, प्रशासनले निस्केर जा भन्छ भने निस्कनै पर्छ नि । भाडा बढाउने वा नबढाउने विषय प्रतिष्ठान प्रशासनको भएकोले उहाँहरुसँग बुझनु न ।

कार्तिक २८ गते त प्रशासन लगाएर भएपनि फार्मेसीले प्रयोग गरेको कोठा खाली गर्ने भनेर बीपीले भन्या छ त ? प्रशासन प्रयोग किन गर्नुप¥यो र † बीपीले हामीलाई हाम्रो तयारी पूरा भयो, तपार्इंहरुले हटिदिनुस् भन्यो भने हामी अहिलेनै हट्न तयार छौं नि । बीपीको सम्पत्ति हो, बीपीले आपूm अनुकुल प्रयोग गर्न सक्छ । तर सामान्य व्यवहारिकतालाई हेर्ने हो भने प्रतिष्ठानभित्र भएको हाम्रो करोडौंको औषधिलाई स्टोर गर्न त समय दिनु पर्छ भन्ने हाम्रो मान्यता छ । हामी एकपटक बीपीसँग यस विषयमा छलफल पनि गर्छौं । अर्को कुरा प्रतिष्ठानले अहिलेसम्म हामीलाई भाडा नतिर्नू भनेर पत्र लेखेको छैन, खाली गर्नु मात्र भनेको छ ।

बीपीस“ग भएका सबै सम्झौताहरु कार्यान्वयन नभएको भन्ने आरोप छ नि ? हामीले सबै सम्झौता पूर्णरुपमा कार्यान्वयन गरेका छौं । बीपीसँग सम्झौता हुँदा मासिक १० लाख ६८ हजार ३ सय ६८ रुपैयाँ भाडा तिर्ने सम्झौता थियो, तिरिरहेकै छौं । २४ घण्टा चारवटा काउण्टर खोल्ने सम्झौता थियो, खोलेकै छौं । हामीले कसरी सम्झौता कार्यान्वयन गरेनौं भन्ने ? बरु प्रतिष्ठानसँग चै हाम्रो केही गुनासो छ ।

कस्तो गुनासो हो प्रतिष्ठानस“ग ? प्रतिष्ठानसँगको सबै सम्झौता हामीले मानेका छौं । तर प्रतिष्ठानका शिक्षक, विद्यार्थी, कर्मचारी, डाक्टरले आन्दोलन गर्दा हाम्रो व्यवसाय चल्न सकेन, हामीले त्यसको क्षतिपूर्ति मागेका छौं । झण्डै एक सयवटा निवेदन हामीले प्रतिष्ठानमा दिएका छौं, तर प्रतिष्ठानले सुनुवाई गरेको छैन । प्रतिष्ठानकै कारण हाम्रो व्यवसाय सञ्चालन हुन सकेन भने त्यसको घाटा हामीले बेहोर्नु पर्ने न्यायसङ्गत कुरा हो र ?

राजनीतिक दल र प्रशासनले तपाईहरुलाई संरक्षण गरेको आरोप छ नि ? हो, हामीलाई राजनीति र प्रशासनको संरक्षण छ । एउटा व्यापारीलाई राजनीतिक दल र प्रशासनले संरक्षण नगर्ने हो भने हामीले कसरी व्यवसाय गर्ने ? कसरी राज्यलाई कर तिर्ने ? राजनीति र प्रशासन विना त समाज पनि त चल्दैन नि ।

तपाईहरुले प्रतिष्ठानका कर्मचारी र अन्यस“ग आर्थिक लेनदेन गर्नुभएको कुरा छ नि ? आरोप लाउनु र प्रमाणित गर्नु अलग कुरा हो । यो गलत कुरा हो । हामीले कसैलाई पैसा दिएको प्रमाणित गर्नु भयो भने म जस्तोपनि कारबाही भोग्न तयार छु । हामी कसैलाई घुस दिने काम गर्दैनौं र दिँदैनौ पनि ।

अन्त्यमा केही भन्नु छ ? हाम्रो बक्यौता रकम र हामीसँग भएको स्टकको व्यवस्थापनमा लाग्ने समय साथै प्रतिष्ठानको आप्mनै संरचना तयार हुन पनि समय लाग्ने भएकोले त्यति समय हामीले पाएमा हाम्रो स्टकको व्यवस्थापन पनि हुने र हाम्रो बक्यौता पनि उठाउन सजिलो हुने थियो । प्रतिष्ठानको पनि आम्दानी मर्दैन थियो । यसका लागि प्रतिष्ठान प्रशासनले सोचिदिओस् भन्ने अनुरोध हो ।