armyताप्लेजुङ/ताप्लेजुङमा रहेको नेपाली सेनाको नयाँ रणभिम गुल्मले प्रसिद्ध तिर्थस्थल पाथिभरा मन्दिर सहित सो क्षेत्रको सरसफाई गरेको छ ।नेपाली सेनाको नीति अनूरुप सैनिक नागरिक सम्बन्ध सूदृढ पारी सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्धेस्यले बुधबार, विहिबार र शुक्रबार तीन दिन पाथिभरा क्षेत्रमानै रहेर सरसफाई गरेको गुल्म पति सुबास केसिले बताए ।

उप सेनानी सन्तोष पाण्डेको नेतृत्वमा गएको ४० जनाको टोलिले पाथिभरा क्षेत्रमा भेटिएको जलाउन मिल्ने फोहोर जलाउनुको साथै अन्य फोहोर खाल्डो खनि पुरेको गुल्मपति केसिको भनाई छ ।सो सेनाको टोलिले पाथिभरा देवि मन्दिर संरक्षण तथा संर्वधन समितीले उपलब्ध गराएको आठ वटा फोहोर फाल्ने डस्टविन काफ्ले पाटि देखि ठुलो फेदि सम्मको पदमार्गमा राख्नुको साथै पदमार्गको भत्किएको स्थानको समेत मर्मत गरेको गुल्मले बताएको छ ।३ हजार ७ सय ९४ मिटरको उच्चामा रहेको पाथिभरा मन्दिरमा तिर्थयात्रिको चाप बढे सँगै फोहोर पनि बढ्ने भएकाले नेपाली सेनाले यो समयमा सरसफाई गर्दै आएको छ ।